१० मसिंर, काठमाडौँ । संसद् लामो समयदेखि सभामुखबिहीन हुँदा प्रमाणीकरण गर्नुपर्ने पाँचवटा विधेयक ओझेलमा परेको छ ।
विधेयक प्रमाणीकरणको विषयमा सभामुखले उपसभामुखलाई अधिकार प्रत्योजन गर्न नमिल्ने भएकाले पनि संसद्ले छिट्टै सभामुख चयन गर्नुपर्ने हुन्छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दूव्र्यवहारको आरोप लागेर राजीनामा दिएपछि सो पद रिक्त छ । हाल पाँचवटा विधेयक सभामुख नहुँदा प्रमाणीकरण हुन सकेको छैन । उपसभामुखलाई अधिकार प्रत्यायोजनको अधिकार नभएको हुँदा लामोसमयदेखि संवैधानिक संकट उत्पन्न भएको छ ।
उपसभामुखलाई विधेयक प्रमाणीकरणको अधिकार दिनुपर्ने माग गर्दै परेको रिटमा सर्वाेच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ । मंगलबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ मंसिर १० मंगलवार ०७:४७ मा प्रकाशित




























