१० मसिंर, काठमाडौँ । वीर अस्पतालको गुठीको नाममा रहेको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको ठहरसहित २०७६ सालमा तयार भएको प्रतिवेदन गुपचुप राखी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स)ले अर्काे समिति गठन गरेको छ ।
तत्कालीन सहसचिव दुर्गा मानन्धरको नेतृत्वमा गठित वीर अस्पताल गुठीको नाममा मुलुकभर रहेको करिब १४ हजार रोपनीमध्ये काठमाडौँ उपत्यकाभित्र महत्वपूर्ण स्थानमा रहेको जग्गा व्यक्तिको नाममा रहेको उल्ल्ेृख छ । न्याम्सले त्यो प्रतिवेदन कार्यान्वयनमा नलगी त्यही प्रकृतिको काम गर्न अर्काे समिति गठन गरेको हो ।
न्याम्सका उपकुलपति डिएन साहले वीर अस्पताल गुठीको नाममा रहेको जग्गाको वास्तविक अवस्था बुझ्न रेक्टर सुबोध अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताए । उनका अनुसार समितिले काम थालिसकेको छ । मंगलबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ मंसिर १० मंगलवार ०८:०३ मा प्रकाशित




























