back
CTIZAN AD

एक निर्दाेषले पाए ३२ वर्षपछि न्याय !

वि.सं.२०७६ मंसिर १० मंगलवार

693 

shares

१० मसिंर, काठमाडौँ। पञ्चायतकालमा रिभल्बर चोरीको अभियोगमा चरम यातना दिई जागिरबाट समेत निकालिएका एक निर्दाेष प्रहरीले ३२ वर्षपछि न्याय पाएका छन् ।

सर्वाेच्च अदालतले गोर्खाको पृथ्वीनगरपालिका ८ का ठिगुरेश्वरका तत्कालीन प्रहरी हवल्दार खुलबहादुर कुँवरलाई राज्यबाटै क्षतिपूर्ति भराउने ठहर गरेको छ ।

न्यायाधिशद्वय विश्वम्भरपसाद श्रेष्ठ र प्रकाहमानसिंह राउतको संयुक्त इजलासले राज्यको निकायको लापरबाहीपूर्ण कामको परिणाम बिनाकसुर निर्दाेषले सजाय भोग्नुपरेको ठहर गर्दै दुई महिनाभित्र क्षतिपूर्ति दिन सरकारका नाममा परमादेश गरेको हो ।

२०४५ सालमा तत्कालीन प्रहरीले दुईवटा रिभल्बर चोरेको आरोपमा कुवँरलाई थुनामा राखेर चरम यातना दिएको थियो । बिनाकसुर अभियोग लगाई चार वर्षसम्म जेलमा यातना दिएर कुवँरलाई अन्ततः प्रहरीको जागिरबाट समेत हटाइएको थियो । मंगलबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ मंसिर १० मंगलवार ०८:१९ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...