back
CTIZAN AD

जकेटकै कारण यसरी चर्चामा आए साउदीका राजकुमार

वि.सं.२०७६ मंसिर १० मंगलवार

1.1K 

shares

१० मंसिर, काठमाण्डौं । चिसोको मौसम छ । नेपालमा वा विदेशमा शरीर न्यानो बनाउनका लागि जकेट लगाउनु कुनै नौलो कुरो होइन, तर, साउदीका राजकुमार भने यहि जकेटकै कारण सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

साउदीका राजकुमार मोहम्मद विन सलमानले जकेट लगाएकै कारण चर्चामा आएका हुन् । उनले एक सार्वजनिक कार्यक्रममा आफ्नो परम्परागत सेतो पोशाकमाथि कालो जकेट र एवियटर सनग्लास (चश्मा) र स्पोर्ट सुज लगाएका थिए ।

उक्त जकेट ब्रिटिश ब्रान्ड रहेको थियो । उक्त कम्पनीले अरेवियन देशमा राजकुमारको फोटो सहित ट्विटरमा ह्यासट्याग नै सुरु गर्यो । जसमा लेखिएको थियो, ‘क्राउन प्रिन्सको जकेट’ त्यसपछि राजकुमार सल्मानको नयाँ रुपको सामाजिक संजालमा प्रसंसा नै सुरु भयो । साथै उक्त कम्पनीको पनि तिब्र प्रचार भएको सामाजिक संजालमा जनाइएको छ ।

नोभेम्बर २२ मा सामाजिक संजाल ट्विटरमा पोस्ट गरिएको उनको उक्त तस्बिरमा हजारौले लाइक तथा कमेन्ट गरेका छन् ।

वि.सं.२०७६ मंसिर १० मंगलवार ०८:२० मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

मेहनत र आत्मविश्वासको जीत

मेहनत र आत्मविश्वासको जीत

एक सानो गाउँमा अर्जुन नामको केटा बस्थ्यो। ऊ सानैदेखि गरिब...