१० मंगलबार, काठमाडौँ । आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले सरकारले हालै गरेको नेपाल पूर्वाधार निर्माण कम्पनी खारेजीको माग गरेको छ ।
निर्माण व्यवसायीहरुको मसिंर ४ गते बसेको राष्ट्रिय भेलाले यस्तै प्रस्ताव पारित गरेको थियो ।म्याद सकिएका आयोजनाको विनाहर्जाना म्याद थप गरिनुपर्ने तथा बैंक क्रेडिट लाइनसम्बन्धी व्यवस्थालाई संशोधन गर्न सरकारलाई दबाब दिँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको महासंघले सरकारले कम्पनी खोलेर मुनाफा आर्जन गर्ने काममा लाग्न नहुने तर्क गरेको छ ।
नेशनल कन्स्ट्रक्शन कम्पनी नेपाल(एनसीसीएन) खारेज भएको करीब ९ वर्षपछि सरकारले गत असारको दोस्रो साता पुनः आफ्नै निर्माण कम्पनी स्थापना गरेको हो । मंगलबारको आर्थिक अभियानबाट
वि.सं.२०७६ मंसिर १० मंगलवार ०८:३६ मा प्रकाशित




























