back
CTIZAN AD

किन घुम्ने ताप्लेजुङ ? यसरी जान सकिन्छ

वि.सं.२०७६ मंसिर १० मंगलवार

6.8K 

shares

Visit Nepal 2020: ताप्लेजुङको नामाकरण प्राचिन कालमा ‘ताप्ले’ नाम गरेको राजाको जोङ (किल्ला) यस स्थानमा रहेको हुनाले ताप्लेजुङ रहन गएको हो । यो जिल्लाको कुल क्षेत्रफल ३६४६ वर्ग किलोमिटर छ । उत्तरी अक्षांस २७० १५” र २७० ५७” र पूर्वी देशान्तर ८७० २७” र ८८० १२” बिच समुन्द्री सतह ७७७ मिटर देखि ८५८६ मिटर कञ्चनजंगा हिमाल सम्मको उचाइमा यो जिल्ला अवस्थित रहेको छ । औषत तापक्रम ११.३० सेल्सियस (न्यूनतम ० डीग्रि सेल्सियस (पुस), अधिकतम ३० डिग्री सेल्सियस (जेष्ठ), वर्षा औषत १४४० मिलिमिटर रहेको छ । यो जिल्लालाई २ निर्वाचन क्षेत्र, ८ गाउँपालिका र १ नगरपालिकामा विभाजन गरिएको छ भने ताप्लेजुङ नगरपालिका स्थित फुङ्लिङ बजार यो जिल्लाको सदरमुकाम हो । यो जिल्लाको उत्तरमा चीनको तिब्बत, पुर्वमा भारतको सिक्किम, पश्चिममा संखुबासभा, दक्षिणमा तेह्रथुम र पाँचथर जिल्ला पर्दछ ।

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमशिखर कंचनजंघा ९८५८६ मिटर) र अन्य ७००० मिटर भन्दा अग्ला १० वटा भन्दा बढी हिमालहरु रहेको जिल्ला, नेपालको सबैभन्दा धेरै हिमताल लगभग ३००, नेपालमा सर्वप्रथम सुर्योदय हुने, जैविक विविधता, प्राकृतिक सुन्दरता, धार्मिक, ऐतिहासिक, जलस्रोतको धनी, बहुजाति, बहुभाषीक, बहुसांस्कृतिक आदिको संगम स्थलको रुपमा ताप्लेजुङ जिल्लालाई लिन सकिन्छ । धार्मिक दृष्टिले अत्यन्त महत्व मानिएको पाथिभरा देवीको मन्दिर पनि यहि जिल्लामा पर्दछ ।

एक मात्र नगरपालिका, फुङलिङ नगरपालिका
ताप्लेजुङ जिल्लामा १ मात्र नगरपालिका र ८ वटा गाउँपालिका रहेको छ । एकमात्र नगरपालिकाको रुपमा रहेको फुङलिङ नगरपालिका हो ।
साबिक ताप्लेजुङ नगरपालिका नेपाल सरकारको निर्णय अनुसार बि.सं.२०७१ साल बैशाख २५ गते गठन भएको नयाँ नगरपालिका हो । हाल ताप्लेजुङ नगरपालिका नाम परिवर्तन भई फुङलिङ नगरपालिका भएको हो । ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङ नगरपालिका नेपालको पुर्वान्चल विकास क्षेत्रको मेची अन्चलमा अबस्थित छ । यस नगरपालिकाको कुल क्षेत्रफल २५.५७ बर्ग किलोमिटर रहेको छ । ताप्लेजुङ जिल्ला ‘२७८१५ देखि उत्तरी अक्षांश र ८७८३२’ पूर्वी देशान्तर भित्र पर्दछ । नेपालकै पहिलो घामको झुल्को पर्ने ताप्लेजुङ जिल्लाको सदरमुकाममा अबस्थित फुङलिङ नगरपालिका बिस्तारै आधुनिक शहरको रुपमा विकास भइरहेको शहर हो ।

आदिवासी जनजाति तथा संस्कृति
ताप्लेजुङ्ग जिल्ला बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संगम स्थल मानिन्छ । जिल्लाको तल्लो भेगमा ब्राम्हण क्षेत्री आदि जातजातिहरु बसोबास गर्ने गर्दछन् भने उच्च पहाडि भेग ओलाङचुङगोला, घुन्सा, याङमा, तोक्पेगोल, शेर्पा लगायतका जातजाति बस्ने गर्दछन् । यी जातिहरुको आफ्नै भाषा, लिपि, धर्म,पेशा, (खेतिपाति चौरी पालन, छुर्पी, घ्यु उत्पादन र गलैचा व्यापार), संस्कार चाडपर्व ङ्युङ्ने, ठुक्पाछेसी, फुटुक, ग्यासो) भेषभुषा (बख्खु, दोचा, आङ्गी, पाङदेन, केतेन), गरगहना (रेजी, हारी, काउ, सुकुम पोसिल) खानपिन, लोकनाच (स्यार्बो) र लोक परम्पराहरु छन् ।

लिम्बूको बाहुल्यता
मध्य पहाडी भेगमा बसोबास गर्ने आदिम जातजाति मध्ये लिम्बू जाति ताप्लेजुङ्ग लगायत पूर्वी नेपालको मुख्य आदिवासी जनजाति हो । यो जातिको आफ्नै भाषा, संस्कार, संस्कृति (यवा नाच, धान नाच, च्याब्रुङ नाच), धर्म चालचलन परम्परा भाषा लिपी, चाडपर्व (चासोक तङनाम, ककफेक्वा तङनाम, वलिहाङ तङनाम) भेषभुषा (तागा, मेख्ली, गरगहना, साम्याङफुङ, नेसे,) खानपिन (तोङवा) लोकगीत (पालम, हाक्पारे, ख्याली) र मौलिक परम्पराहरु छन् । लिम्बु जाति विश्वकै पृथक पहिचान बोकेको जाति मध्ये पर्दछ । अन्य जातिहरुमा गुरुङ, मगर, राई, तामाङ, सुनुवार, भुजेल, नेवार, कामी, दमाई, सार्की, क्षेत्री र ब्राम्हण आदि जातिहरु पनि प्रसस्तै रहेका छन् ।

मुख्य वन्य जन्तु र चराचुरुङीहरु :
ताप्लेजुङ्ग दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी पाइने जिल्ला हो । यो जिल्ला समुन्द्र सतह ७७७ देखि ८५८६ मिटर उचाइसम्म भएकोले यहाँ विविध किसिमका वन्यजन्तु र चराचुरुङ्गीहरु पाइन्छन्। यस जिल्लामा विश्वका दुर्लभ हिँउचितुवा, हिमाली भालु, हाब्रे (रेडपाण्डा), कस्तुरी, मृग, चितुवा, भालु आदि प्रसस्तै पाइन्छन् । त्यसैगरी डाँफे, मुनाल, मयुर, कालिज, चिमिले, काँडे भ्याकुर, हुचिल, गिद्दि आदि दुर्लभ चराचुरुङ्गीहरु पनि प्रसस्तै पाइन्छन् । विशेषगरी कंचनजंघा, तिम्बुङ पोखरी, पाँथीभरा, तोक्पेगोला तथा ओलाङचुङगोला क्षेत्रमा वन्य जन्तु तथा चराचुरुङ्गी पउनुको साथै अवलोकन गर्न पनि पाइन्छ ।

जडिवुटीहरु :
ताप्लेजुङ्मा महत्वपुर्ण जडिवुटिहरु अत्याधिक रुपमा पाइन्छन् । पाँच औले, विख्मा, कुट्की, चिराइतो, सर्मागुरु, पदमचाल, पाखनवेद, टिमुर, यार्सागुम्बा, अलैची, चिराइतो आदि प्रमुख जडिबुटीहरु हुन् । खोज र अन्वेषणको कमीले धेरै जडिबुटिहरु प्रकाशनमा आएका छैनन् । यस जिल्लाको मुख्य आयस्रोत र खेतीको रुपमा अलैची र चिराइतोलाई लिइन्छ । यो जडिबुटि पहाडि भेगमा उत्पादन हुने भएकोले जिल्लाको अधिकांश क्षेत्रमा उत्पादन हुन्छ ।

ताप्लेजुङ्ग कसरी पुग्ने ?
हवाई यातयात : १. काठमाडौ – ताप्लेजुङ्ग
सडक यातायात : १.बिर्तामोड–झापा–इलाम–फिदिम-फुङ्लिङ्ग बजार, (मेची राजमार्ग २३७ कि मी)
२. धरान–धनकुटा–हिले–बसन्तपुर–गुफा–दोभान–ताप्लेजुङ (कोशीराजमार्ग १७५ कि मी)

(स्रोत :जिल्ला समन्वय समितिको कार्यालय ताप्लेजुङ्ग, नेपाल तथा फुङलिङ नगरपालिकाको अनलाइनबाट)

वि.सं.२०७६ मंसिर १० मंगलवार १५:१३ मा प्रकाशित

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...