back
CTIZAN AD

पोखराको विकास मेरो अर्जुन दृष्टि– उम्मेदवार भट्टराई

वि.सं.२०७६ मंसिर १० मंगलवार

918 

shares

१० मङ्सिर, कास्की । कास्की निर्वाचन क्षेत्र नं– २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको विकास आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएकी छिन् ।

पोखरा महानगरपालिका–२० स्थित विकट मानिने मौजा आँटीघरमा आज आयोजित घरदैलो कार्यक्रम पश्चात आयोजित कोणसभामा उनले पोखराका नयाँ वडाको विकास निर्माण पहिलो प्राथमिकता हुने प्रतिबद्धता व्यक्त गरे ।महानगरपालिकाभित्र रहेर पनि गाउँको रुपमा रहेको मौजालाई बाख्राको पकेट क्षेत्र बनाएर स्थानीयवासीलाई आत्मनिर्भर बताउनका लागि आफ्नो पहल गर्ने बताए ।

¥यालचौर–भलामहुँदै मौजा आँटीघरसम्मको सडक निर्माणलाई पक्की गर्दै प्रत्येक घरमा खानेपानी र विद्युत्को सुविधा पु¥याउने बताउँदै उनले विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

मौजालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने दिवंगत नेता रवीन्द्र अधिकारीको सपनालाई पूरा गर्ने सङ्कल्प गर्दै उम्मेदवार विद्याले विकासका लागि योजनाबद्धरुपमा लाग्ने विश्वास जनाए । यही मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

वि.सं.२०७६ मंसिर १० मंगलवार १५:०४ मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...