back
CTIZAN AD

जापानका प्रधानमन्त्री आबे र चिनियाँ परराष्ट्रमन्त्री वाङ यीबीच भेटवार्ता

वि.सं.२०७६ मंसिर १० मंगलवार

864 

shares

१० मसिंर, टोकियो ।  जापानका प्रधानमन्त्री शिन्जो आबे र चीनका परराष्ट्र मन्त्री वाङ यीबीच सोमबार टोकियोमा भेटवार्ता भएको छ ।

भेटमा प्रधानमन्त्री आबेले चीन र जापानबीच पछिल्ला दिन सम्बन्धमा सुधार आएको बताउनुभएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । “केही समयदेखि जापान र चीनबीचको उच्चस्तरीय आदानप्रदान बढेको र यसबाट दुवै मुलुकको सम्बन्धमा धेरै सुधार आएको छ,” उनले भने ।

प्रधानमन्त्री आबेले सन् २०२० मा चीनका राष्ट्रपति सी चिनफिङको जापानको भ्रमणपछि नयाँ अवधिमा जापान र चीनबीचको सम्बन्ध अझ अघि बढ्ने बताएका थिए ।

उनले जापान र चीनबीचको सम्बन्ध एशियाको शान्ति तथा समृद्धिको आधार भएको बताउँदै जापानले चीनसँग आपसी सम्बन्धको नयाँ भविष्य पहिल्याउने विश्वास व्यक्त गरे । उनले चीन–जापान उच्चस्तरीय मानवीय आदानप्रदान बैठकबारे जापानको तर्फबाट स्वागत पनि गरे ।

भेटमा परराष्ट्र मन्त्री वाङ यीले दुवै मुलुकका नेताको नेतृत्व तथा साझा प्रयासमा चीन र जापानबीचको सम्बन्ध निरन्तर सुधारिँदै गएको बताएका थिए । उनले यस वर्षको जुनमा राष्ट्रपति सी र प्रधानमन्त्री शिन्जो आबेबीच भएको भेटवार्ताले चीन–जापान सम्बन्धलाई कसरी निर्माण गर्ने भन्ने विषयमा महत्वपूर्ण सहमति भएको स्मरण गरे ।

चीन र जापानबीच सम्बन्ध सुधारिएको बताउँदै उनले यो दुवै मुलुक र दुवै मुलुकका जनताका लागि मात्रै नभएर क्षेत्रीय शान्ति तथा स्थिरताका लागि पनि अर्थपूर्ण रहेको औँल्याए ।

वि.सं.२०७६ मंसिर १० मंगलवार १२:२० मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...