back
CTIZAN AD

वातावरण संरक्षणलाई ध्यानमा राखी स्थानीय तहको नौबुँदे प्रतिबद्घता

वि.सं.२०७६ मंसिर १० मंगलवार

1.1K 

shares

१० मङ्सिर, बझाङ । बझाङ जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले वातावरणमा पर्नसक्ने असरलाई ध्यानमा राखी नौबुँदे प्रतिबद्घता व्यक्त गरेका छन् ।
नेपाल वातावरण पत्रकार समूहले गरेको एक कार्यक्रममा १२ वटै स्थानीयतहका जनप्रतिनिधिले सामूहिकरुपमा प्रतिबद्घता व्यक्त गरेका हुन् ।

जसमा स्थानीय सरकार सञ्चालन ऐनअनुसार आगामी दिनमा सडक निर्माण गर्दा सडक गुरुयोजना बनाइने, वन तथा वातावरणको क्षेत्रमा बजेट विनियोजन गरी विपद् कोषको स्थापना गर्ने, फोहर व्यवस्थापन कार्यविधि बनाई, फोहर व्यवस्थापनका लागि डपिङ साइडको व्यवस्था गरिने, सेती नदी र जलाधार क्षेत्रमा फोहर नफाल्नेलगायतका प्रतिबद्घता जनाएका हुन् ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले भने, “बझाङ जिल्लामा जथाभावी सडक निर्माणका कारण वातावरणमा क्षति पुगेकाले आगामी दिनमा सडक विस्तार गर्दा दिगो र वातावरणलाई समेत मध्यनजर गर्दै, वातावरणमैत्री सडक निर्माण तथा जुनसुकै काम गर्दा पनि वातावरण क्षेत्रलाई ध्यानमा राखेर गर्न स्थानीयतहलाई आग्रह गरेका छन् ।”

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बझाङ जिल्लामा पहिलेको तुलनामा डोजरको प्रयोग तथा सडक निर्माणको होडबाजी कम भएको र वातावरणीय मूल्याङ्कन गरेर आवश्यक ठाउँमा मात्रै सडक निर्माणका लागि डोजर लगाउनु पर्नेमा जोड दिँदै वातावरणमैत्री भौतिक संरचना निर्माण गर्नुपर्ने बताए ।

नेपाल वातावरण पत्रकार समूहका कोषाअध्यक्ष सविन शर्माले वातावरण संरक्षणमा सबै एकजुट हुनुपर्ने आवश्यकता औल्याए ।

वि.सं.२०७६ मंसिर १० मंगलवार १२:३० मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...