back
CTIZAN AD

सूर्तीजन्य पदार्थको प्रयोग र नियन्त्रणका प्रयासमाथि विस्तृत अध्ययन हुँदै

वि.सं.२०७६ मंसिर १० मंगलवार

945 

shares

मङ्सिर १०, काठमाडौँ । सूर्तीजन्य पदार्थ प्रयोगको अवस्था र नियन्त्रणका प्रयासमाथि विस्तृत अनुसन्धान हुने भएको छ । सूर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा वर्षेनी २७ हजारले अकालमा मृत्युवरण गर्दछन् । पछिल्लो समय नसर्ने रोगअन्तर्गत सूर्तीजन्य पदार्थ सेवनले निम्त्याउने प्रमुख क्यान्सर रोग बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नसर्ने रोगको पहिलो नम्बरमा क्यान्सर देखिएको छ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले ‘सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण कार्यक्रम’ अन्तर्गत सूर्तीजन्य पदार्थको प्रयोगबारे सबै जिल्लामा स्थलगत तथा यसको नियन्त्रणमा बनेका नीतिगत प्रावधान ऐन नियमावलीसहित सरकारको कर प्रणालीका बारेमा विस्तृत अध्ययन गरिने जनाइएको छ ।

सूर्तीजन्य पदार्थ माथिको करबाट मात्र गत वर्ष रु सात अर्ब राजश्व सङ्कलन भएको थियो । सङ्कलित करमध्ये रु ४० करोड स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले पाएको थियो । मन्त्रालयले पाउने सो रकमको अधिकांश हिस्सा क्यान्सर अस्पताललाई विनियोजन गरेको थियो । रु एक करोडमात्र जनचेतनाका कार्यक्रममा खर्च भएको थियो ।

अर्कोतर्फ सूर्तीजन्य पदार्थ नियमन गर्ने ऐन तथा नियमावली छ तर यसको फितलो कार्यान्वयन अवस्था छ । प्रतिष्ठानद्वारा अनुसन्धानका बारेमा जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा जयकुमार गुरुङले सूर्तीजन्य पदार्थ सेवनका कारण नसर्ने रोगमा भएको वृद्धि, नीतिगत कार्यान्वयनको अवस्था र कर प्रणालीका बारेमा अध्ययन हुने जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनले सूर्तीजन्य पदार्थमा ७० प्रतिशतसम्म कर लगाउन आफ्ना सदस्य देशलाई आग्रह गरेको छ । नेपालमा ती पदार्थको उत्पादन तथा बिक्री वितरणमा ३३ प्रतिशत मात्र कर उठाउने गर्दछ । सो कर पनि सन् २००३ बाट गतवर्षमात्र ३३ प्रतिशत पु¥याइएको हो ।

सार्वजनिकस्थलमा सूर्तीजन्य पदार्थ बिक्री वितरण, विज्ञापनमा रोक र प्याकेटको ७५ प्रतिशत भागमा खतराको ¥यापिङ गर्ने प्रावधान छ । दक्षिण एशियाली देशमा भारतपछि सूर्तीजन्य पदार्थ खपत गर्ने देशमा नेपाल छ ।

कार्यक्रममा उनले सूर्तीजन्य पदार्थ नियन्त्रणमा निरन्तर पैरवी र यससम्बन्धी नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याए । प्रतिष्ठानले सूर्तीजन्य पदार्थका वर्तमान प्रयोगसम्बन्धी जानकारीमूलक प्रतिवेदनको मस्यौदा तयार गरको छ ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले सरुवाभन्दा नसर्ने रोगको भार वृद्धि भइराखेको चर्चा गर्दै क्यान्सर नियन्त्रणका लागि चेतना र सूर्तीजन्य पदार्थ सेवनमा नियन्त्रण आवश्यक रहेको बताए ।

सूर्तीजन्य पदार्थ सेवनका कारण सरकारले कूल गार्हस्थ्य उत्पादनको एक दशमलव आठ प्रतिशत व्ययभार ब्यहोर्नुपरिरहेको छ । सूर्तीजन्य पदार्थ सेवनका कारण फोक्सो, मुख, आन्द्राको क्यान्सर हुने सम्भावना बढी रहन्छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुञ्जप्रसाद जोशीले सूर्तीजन्य पदार्थ नियन्त्रण सरकारको प्राथमिकतामा नपरेका कारण नसर्ने रोगको समस्या बढ्दो रहेको जानकारी दिँदै यसको विरुद्ध जनचेतनाका कार्यक्रम सञ्चालनमा जोड दिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सूर्तीजन्य पदार्थ (धूमपान र धुवाँरहित) सेवन गर्नेको सङ्ख्या २९ प्रतिशत देखाएको थियो ।

वि.सं.२०७६ मंसिर १० मंगलवार १४:३२ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...