back
CTIZAN AD

बोलिभियाको राजनीतिक विकासक्रमको संयुक्त राष्ट्रसंघद्धारा स्वागत

वि.सं.२०७६ मंसिर १० मंगलवार

795 

shares

१० मङ्सिर, बोलिभिया ।  बोलिभियामा भएको पछिल्लो राजनीतिक विकासक्रमलाई सकारात्मक भन्दै संयुक्त राष्ट्रसंघले यस घटनाको स्वागत गरेको छ ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसले यहाँ विकसित राजनीतिक विकासक्रमको स्वागत गरेको र यसलाई सकारात्मक भनी प्रतिक्रिया दिएको प्राप्त समाचारमा जनाइएको छ ।

त्यहाँको अन्तरिम सरकार र विपक्षी दलहरुले यहाँको राजनीतिका संकटको समाधानका लागि शान्तिपूर्ण तथा प्रजातान्त्रिक माध्यमबाट बाटो खोजिरहेकोमा आफूलाई खुशी लागेको उनले बताएका छन् ।

दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको संसदले नयाँ निर्वाचनको प्रस्ताव हालै गरेको थियो । त्यहाँको संसद्ले गत शनिबार पारित गरेको कानूनबमोजिम नयाँ निर्वाचनको बाटो खुलेको बताइएको थियो ।

बोलिभियामा गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनः चौंथो पटक राष्ट्रपतिमा चयन भएका इभो मोरालेसलाई त्यहाँका विपक्षीहरुले स्वीकार नगरेपछि राजनीतिक संकट आएको हो ।

मोरालेसका विरुद्धमा कैयौँ दिनदेखि शृङ्खलाबद्ध विरोध प्रदर्शनहरु जारी रहेका र राष्ट्रपति मोरालेसका समर्थकले उनलाई पुनस्र्थापित गर्न माग गरेपछि राजनीतिक अस्थिरता आएको हो ।

तर राष्ट्रपति मोरालेसले भने राजीनामा गरिसकेका छन् । सत्तामा उनको फिर्तीको माग गर्दै उनका समर्थकहरुले विरोध प्रदर्शन गरिरहेका छन् । सोही मागको सम्बोधन गर्दै हालको अन्तरिक सरकारले अर्को निर्वाचनको तयारी गरिरहेको हो ।

यहाँको विरोध प्रदर्शनमा कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । राष्ट्रपति मोरालेसको अनुपस्थितिमा काम चलाउ सरकारले नयाँ निर्वाचनको प्रस्ताव गरेको हो ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसले बोलिभियामा जारी रहेको सकारात्मक विकसित राजनीतिक विकासक्रमको स्वागत गर्दै निर्वाचनको प्रस्तावको समर्थन गरेको प्राप्त समाचारमा जनाइएको छ ।

उनले जतिसक्दो चाँडो निर्वाचनका लागि पहल गर्न र विपक्षी सबै दलहरुको समेत समर्थन र सहमतिका आधारमा आमनिर्वाचन सम्पन्न गर्न पनि शुभकामना दिएको बताइएको छ ।

महासविच गुटेर्रेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा हाल बोलिभियामा विकास भइरहेको प्रजातान्त्रिक पद्दति र यसका माध्यमबाट जारी रहेको निर्वाचन गराउने प्रक्रियाको महासचिव गुटेरेसले स्वागत गर्नुभएको बताइएको छ ।

तर राजीनामा दिइसकेका राष्ट्रपति मोरालेसले सो निर्वाचनमा सहभागी हुन नपाउने गरी कानुन बनाइएकोले उनका समर्थकहरुले भने प्रदर्शन रोक्न मानेका छैनन् ।

विगतदेखि नै हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गरेका थिए ।

सेनाले समर्थन नगर्ने घोषणापछि मोरालेसले नोभेम्बर १० मा राजीनामाको घोषणा गरेका हुन् । त्यसपछि मेक्सिकोतर्फ लागेका र मेक्सिकोले उनलाई राजनीतिक शरण दिने प्रस्ताव गरेको बताइएको छ ।

महासचिव गुटेरेसले विपक्षी दलहरुको पनि सहमति र समर्थनमा उनीहरुलाई विश्वासमा लिएर निश्पक्ष र प्रजातान्त्रिक पद्दतिबाट निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन् ।

निर्वाचन आयुक्त नियुक्त

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार यहाँको अन्तरिम सरकारले प्रस्ताव गरेको आमनिर्वाचन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन आयुक्त नियुक्त गरेको छ ।

सरकारले सोमबार नियुक्त गरेका सल्भाडोर रोमेरो निर्वाचनका क्षेत्रमा अनुभवी व्यक्तिका रुपमा रहनु भएको छ । उनले यसअघि पनि यहाँको निर्वाचन आयुक्तका रुपमा काम गरिसकेको अनुभव रहेको बताइएको छ ।

उनले सन् २००६ देखि २००८ सम्म बोलिभियाको प्रमुख निर्वाचन आयोगका रुपमा काम गरिसकेका छन् । त्यसपछि उनी संयुक्त राष्ट्रसंघमा काम गरेका थिए ।

यो नियुक्ति यहाँको कार्यकारी सरकारको अधिकारको प्रयोग गरेर नै भएको छ । यस नियुक्तिको विपक्षी तथा मोरालेसको राजनीतिक दलका सदस्यहरुले पनि विरोध गरेका छैनन् ।

यो नियुक्तिसँगै यहाँको सरकारले नयाँ निर्वाचनको प्रक्रियाको थालनी गरिसकेको बुझिएको छ । निर्वाचन आयुक्त नियुक्त भएको यस घटनाको पनि महासचिव गुटेर्रेसले स्वागत गरेका छन् ।

त्यस निर्वाचनमा राष्ट्रपति मोरालेस र अक्टोबर २० को निर्वाचनमा सहभागी भएका अरु मुख्य प्रतिश्पर्धीलाई पनि उम्मेदवारि दिन भने यस कानुनले प्रतिबन्ध लगाइदिएको बताइएको छ ।

वि.सं.२०७६ मंसिर १० मंगलवार १४:४१ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...