१० मंसिर, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेसन सफल भएको छ । स्वास्थ्य परीक्षणका लागि मंगलबार बिहान शिक्षण अपस्पताल पुगेका प्रधानमन्त्रीको ऐपेन्डिसाइटिसको अप्रेसन गरिएको हो ।
मंगलबार बिहान ९ बजे मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाँचका लागि पुगेका प्रधानमन्त्रीलाई जाँचका क्रममा एपेण्डिसाइटिस देखिएपछि तत्कालै भर्ना गरेर अपरेसन गरिएको थियो ।
अस्पतालका कार्यकारी निर्देशक डा. उत्तम राज पाण्डेद्धारा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी सहित जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्रीको अपरेशन पश्चात सघन उपचारको सम्पूर्ण व्यवस्था सहित निरन्तर चिकित्सकको निगरानीमा राखिएको छ ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्यमा समस्या आइ आज मिति २०७६÷०८÷१० गते मंगलबार बिहान नौ बजे यस सेन्टरमा आउनु भएको र बिज्ञ चिकित्सकहरु सम्मिलित टोलीले परीक्षण गर्दा Appendicitis सहित पेटको संक्रमण Peritonitis देखिएपछि तत्कालLaparotomy & Appendectomy लगायतका विधिबाट उपचार गरिकन हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ,’ निर्देशक डा. श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपचारमा संलग्न चिकित्सकहरुका अनुसार हाल सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा जानकारी गराइन्छ ।’

वि.सं.२०७६ मंसिर १० मंगलवार १७:५४ मा प्रकाशित






























