back
CTIZAN AD

किन असहयोग गर्दैछ सरकारलाई सानिमा बैंक ?

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

918 

shares

१३ मंसिर काठमाडौं । सानिमा बैेंकले चाालु आर्थिक बर्षको कार्तिक मसान्तसम्ममा कृषि बाहेकका अन्य कर्जामा जम्मा ९३ लाख मात्र लगानी गरेको देखिन्छ ।

सहुलियत पूर्ण कर्जामा हालसम्म उक्त बैंकले जम्मा ३९ करोड ८० लाख लगानी गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । अन्य ठूला बैंकको तुलनामा यो निकै कम हो भने आ.ब. २०७१-७२ बाट सरकारले कृषिमा दिन थालेको अनुदान सहित हो ।

सरकारले गत आ.ब. २०७५-७६ को बार्षिक बजेट मार्फत यूवाहरुलाई स्वरोजगार बनाउन तथा निजि आवास पुनःनिर्माणका लागि भन्दै ७ वटा शिर्षकमा सहुलियत पुर्ण कर्जा कार्यान्वयनमा ल्याउने निर्णय गर्यो । सोहि अनुसार अघिल्लो आ.ब.को कार्तिक महिनामा अर्थमन्त्रालयले पहिलो चरणमा बाणिज्य बैंकहरु मार्फत उक्त कार्यक्रम कार्यान्वयन गराउन बैंकहरुको प्रतिनिधित्वमुलक सहभागितामा कार्यबिधि बनाएर कार्यन्वयनको लागि परिपत्र गरिएको अर्थमन्त्रालय बताउँछ । उक्त कार्यविधि बनाउँदा अर्थमन्त्रालयका निबर्तमान सहसचिब तोयम रायले संयोजन गरेको टिममा नेपाल राट्र बैंक, राष्ट्रिय बाणीज्य बैैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, बैंकर्ष एसोसिएसन, सानिमा बैंक, तथा कर्जा तथा निक्षेप सुरक्षण कोषको प्रतिनिधिमुलक सहभागितामा बनाईएको कार्यबिधि बैंकहरुमा कार्यान्वयनको लागि पठाएको राष्ट्र बैंकले जनाएको छ ।

उक्त कार्यबिधि अनुसार कृषि कर्जामा धितो सहित ५ करोडसम्म, बिनाधितो महिला उद्यमशिलता कार्यक्रमका लागि १५ लाखसम्म , दलित समुदाय उद्यमशिलता र विदेशबाट फर्किका युवा कार्यक्रमका लागि १०- १० लाखसम्म , शिक्षित यूवा स्वरोजगार कर्जा ७ लाखसम्म, उच्च तथा प्राबिधिक शिक्षा कर्जा ५ लाखसम्म तथा भुकम्प पिडित निजि आबास कर्जा ३ लाखसम्म सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने ब्यबस्था गरेको छ । जसमा महिला उद्यमशिलता कार्यक्रमको लागि ६ प्रतिशत र बाँकि अरु कार्यक्रमको हकमा ५ प्रतिशत ब्याज अनुदान सरकारले उपलब्ध गराउने गरि कार्यबिधि तयार गरेर कर्यान्वयनमा लगिएको छ । तर कार्यबिधि बनाउने प्रकृयामा सहभागि भएको बैंक सानिमा बैंक नै त्यो कार्यक्रम कार्यान्वयन गर्न अटेर गरेर बसेको छ ।

मुख्यतः गैरआवासिय नेपालीहरुकोे लगानीमा संचालित भनिएको उक्त बैंकले उनीहरुकै प्रतिबद्धतको धज्जि उडाई रहेको छ । गत असोजमा सम्पन्न भएको गैरआबासिय नेपालीहरुको नवौं सम्मेलनले नेपालमा कृषि लगायतका उत्पादन मुलक तथा सेवा क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने तथा सरकारसंग सहकार्य गर्ने भनेर घोषणा गरिरहँदा सानिमा बैंक भने सरकारको कार्यक्रमलाई असहयोग गरिरहेको छ । यस सम्बन्धमा उक्त बैंकका सिईओ भुवन कुमार दाहालसंग पटक -पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन ।

सानिमा बैंकको चालु आब २०७६÷७७ को पहिलो चौमास वा कार्तिक मसान्तसम्मको कमाई मात्र उन्साठी करोड चालिस लाख रहेको छ । यो कमाइ गत आ.ब.२०७५÷७६ को सोहि अबधिको तुलनामा २२ दशमलब ५० प्रतिशतले बढि हो । जनतासँग ढाड सेकिने गरि ब्याज असुलेर पनि सरकारको कार्यक्रमलाई कार्यान्वयन नगर्ने यस्ता बित्तिय संस्थाहरुलाई बिगठन गर्नु पर्ने अर्थ विदहरुले बताएका छन् ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १७:५४ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...