मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । साँझतिर स्थितिमा सुधार आउनाले उत्साहित भइनेछ । आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला ।
बृष-इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ । सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । व्यवसायमा आंशिक लाभ हुनेछ । नयाँ काम थाल्न हतार नगर्नुहोला ।
मिथुन-का, कि, कु, घ, ङ, छ, के, को, ह
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला । समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ । साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौती देखापर्न सक्छ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ ।
सिंह-मा, मि, मु, मे, मो, टा, टि, टु, टे
उपलब्धिका लागि बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ । तापनि विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ । गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ । साँझतिर रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रु परास्त हुनेछन् । मिहिनेतले राम्रो प्रतिफल हासिल गर्न सकिनेछ ।
कन्या-टो, प, पि, पु, ष, ण, ठ, पे, पो
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुस्ख पाइनेछ । समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ । साँझतिर विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । अध्ययनमा बाधा पुग्न सक्छ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ ।
बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । कामले सम्मानित स्थान दिलाउनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ । साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ । पारिवारिक जमघटले आनन्द दिलाउनेछ । साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ । काम पूरा नभए पनि सम्मानित स्थान प्राप्त गर्न सकिनेछ ।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ । साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ ।
कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम पनि बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ । धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
केही विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा राम्रो उपलब्धि पाइनेछ । रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ । विशेष भेटघाटले उत्साह बढाउनेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व हातलागी हुनेछ । साँझतिर आफ्नो श्रमको लाभांश अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोस् ।
२०७६ मंसिर १४ (२०१९ नोभेम्बर ३०)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
वि.सं.२०७६ मंसिर १४ शनिवार ०८:०१ मा प्रकाशित


























