back
CTIZAN AD

तपाईको सवारी जोर नम्बरको हो, त्यसो भए आज नचलाउनुहोस्, प्रहरी फन्दामा पर्नुहोला !

वि.सं.२०७६ मंसिर १५ आइतवार

699 

shares

१५ मंसिर, काठमाडौँ । तपाईको गाडी नम्बर जोर की विजोर ? यदी जोर छ भने आइतबार गाडी नचलाउनुहोस् । प्रहरीले समाएर दिनभरी राख्नसक्छ । केही पुराना या कमजोर गाडी छन् भने पनि प्रयोग नगर्नुहोस् । बिजोर छ र गाडी चलाउनै पर्ने भए काठमाडौँको मुख्य सडकको प्रयोग सकेसम्म गर्दै नगर्नुहोस् । किन की, आइतबारदेखि दक्षिण एशियाली खेलकूद प्रगियोगिता (साग) हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

केही खेल शुरु भए पनि सागको औपचारिक उद्घाटन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने तथा विदेशी विशिष्ट पाहुना र खेलाडीको आवागमनका कारण हुनसक्ने ट्राफिक चुनौतीलाई ध्यानमा राखेर प्रहरीले बिजोर नम्बरका गाडी मात्रै चलाउन भनेको छ । “खेलकूद प्रतियोगितालाई शान्तिपूर्ण र भयरहित बनाउन तथा यातायत व्यवस्थापनमा समस्या नहोस् भनेर जोर–बिजोर प्रणाली लागू गरिएको हो, आइतबार बिजोर नम्बरका गाडी मात्रै चलाउन पाइन्छ, त्यही पनि अत्यावश्यक भएमा मात्रै, नत्र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध छ”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने । समापनको दिन मङ्सिर २४ गते भने जोर नम्बरका गाडी मात्रै चलाउन पाइने छ ।

सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीका लागि भने यो नियम लागू हुने छैन । जथाभावी रुपमा बाटो नकाट्न र हर्न नबजाउनसमेत प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ । सागका लागि प्रहरीले पार्किङ व्यवस्थापनलाई चुस्त बनाएको छ । सर्वसाधारणका लागि टुँडिखेल र पत्रकारका लागि नेपाली सेनाको अफिसर्स क्लबमा सवारी पार्किङको व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमित बाहेक खेलकै लागि ७०० ट्राफिक प्रहरी खटाएको छ ।

सन् १९८४ मा पहिलो पटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो । झण्डै दुई दशकपछि नेपालले तेस्रो पटक साग आयोजना गर्ने अवसर पाएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० को सङ्घारमा आयोजना भएको सागले विश्वमै नेपालको प्रचार हुने भएकाले पनि शान्ति सुरक्षा अझै विशेष छ ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा रहेको सुरक्षा समन्वय समितिले सुरक्षाकर्मी परिचालन गरेको छ । जनकपुरमा प्रदेश नं २ र पोखरामा गण्डकी प्रदेश प्रहरी प्रमुखको नेतृत्वमा सुरक्षाकर्मी खटिएका छन् । ‘शान्ति, मित्रता र समृद्धि’ को नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई ऐतिहासिक र अविस्मरणीय बनाउन उक्त समितिले खेलकूद विशेष सुरक्षा योजना बनाएर आवश्यक सुरक्षाकर्मी परिचालन गरिसकेको छ ।

खेलाडीलाई आवासस्थानदेखि खेलस्थलसम्म जान आउनका लागि प्रहरीले स्कटिङको व्यवस्था गरेको छ । दर्शकबीच पक्ष विपक्षमा हुन सक्ने सम्भावित गतिविधिको उच्च निगरानी गरिएको प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए । प्रहरीले विमानस्थल प्रवेशद्वारदेखि नै खेलाडी र विशिष्ट पाहुनाको विशेष सुरक्षा निगरानी गरेको छ भने आवागमनका लागि सुरक्षा सहजीकरण गरिरहेको छ । प्रहरी महानिरीक्षक खनालले सुरक्षामा कुनै सम्झौता नगरी जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई निर्देशनदिएका छन् । सशस्त्र प्रहरी र नेपाली सेनालेसमेत आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी तथा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाइएको छ । राष्ट्रिय अनुसन्धानले सुक्ष्म रुपमा परिस्थितिको अनुसन्धान र विष्लेषण गर्ने गरी सुरक्षा समन्वय गरिएको छ ।

आवश्यक मात्रामा सादा पोशाकमा प्रहरी परिचालन भएको र थप सुरक्षा बलसमेत तयारी अवस्थामा राखिएको छ । सागअन्तर्गत काठमाडौँको १२, ललितपुरको नौ, पोखराको आठ तथा जनकपुरको एक स्थानमा खेल हुनेछ । यसपटक सागमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ समावेश गरिएको छ । खेलमा नेपाली ६४८ सहित तीन हजार २२८ खेलाडी सहभागी हुने बताइएको छ । सागका नौ खेल पोखरा, एक खेल जनकपुर र बाँकी खेल काठमाडौँ तथा ललितपुरमा हुनेछन् । नेपालले सबै खेलमा सहभागिता जनाउने छ ।

खेलमा आयोजक प्रतिनिधि, निर्णायक मण्डल, अतिथिसहित दुई हजार २०९ जना तथा स्वयंसेवक करीब दुई हजार खटिनेछन् । सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । खेलमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छ । साग कै लागि विभिन्न सडक क्षेत्र कालोपत्रे गरिएको छ भने खाल्डाखुल्डी पुरिएको छ । खेल हुने स्थान पुनःनिर्माण गरेर रङ्रोगन तथा झण्डा फहराएर चिटिक्क पारिएको छ । सडकका विभिन्न क्षेत्रमा सागसँग सम्बन्धित तुल र ब्यानर राखिएको छ । सागको मस्कट कृष्णसारको आकृतिमा छ ।

वि.सं.२०७६ मंसिर १५ आइतवार ०८:१८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...