back
CTIZAN AD

स्थिर रह्यो आजको सेयर बजार

वि.सं.२०७६ मंसिर १५ आइतवार

768 

shares

१५ मङ्सिर, काठमाडौँ । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से मात्रै ०.०७ विन्दुले बढेर एक हजार ११२.८५ विन्दुमा सीमित भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.५० विन्दुले घटेर २४६.१५ विन्दुमा पुगेको छ ।

नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटिएको छ । कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भयो ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने ६ उपसमूहको शेयर ओरालो लागेको छ । होटल ४.४१, जलविद्युत् १.९९, वित्त २.९४, उत्पादन २.८७, अन्य ४.१५ र जीवन बीमा १२९.३६ विन्दुले बढेको छ । यस्तै बैंकिङ ३.२९, व्यापार १२.९३, विकास बैंक ८.९२, निर्जीवन बीमा १९.३९, लघुवित्त ६.८३ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज नबिल बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको शेयर रु एक करोड ७५ लाख ८१ हजार ९८४ मा कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै एनएमबी बैंक रु एक करोड ७३ लाख २५ हजार ७४९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ४२ लाख ८७ हजार २५०, एनआइसी एशिया बैंक रु एक करोड २३ लाख ९७ हजार २९८, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था रु ९५ लाख २८ हजार ८६७ र छिमेकी लघुवित्त विकास बैंकको रु ८५ लाख ३६ हजार ८५४ को कारोवार भई शीर्षस्थानमा रह्यो ।

नेप्सेका अनुसार आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४.७३, पोखरा फाइनान्स ४.४४, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.३९, लाइफ इन्स्योरेन्स कम्पनी २.५९ र कालिका पावर कम्पनीका शेयरधनीले २.५३ प्रतिशतले कमाए । त्यस्तै घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.९०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.२८, साल्ट टे«डिङ कर्पोरेशन ३.९१, पाँचथर पावर ३.८४, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.७३ र ङादी पावरका लगानीकर्ताले ३.७० प्रतिशतले गुमाए ।

तीन अर्बको टे«जरी बिल बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले सोमबार रु तीन अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले ९१ दिने अवधिको उक्त टे«जरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन २० गते परिपक्व हुनेछ । बैंकले यसअघि यही मङ्सिर ९ गते पनि त्यस्तै ट्रजरी बिल बिक्री गरेको थियो । (रासस)

वि.सं.२०७६ मंसिर १५ आइतवार १५:५४ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...