back
CTIZAN AD

बयरघारीमा हाटबजार लाग्ने हुँदा कृषक उत्साहित

वि.सं.२०७६ मंसिर १५ आइतवार

828 

shares

१५ मङ्सिर, बागलुङ । बाग्लुङको भिरकोट नगरपालिका–१ बयरघारीमा हरेक शनिबार हाटबजार लाग्ने भएपछि कृषक उत्साहित भएका छन् । भिरकोट नगरपालिकाको आर्थिक सहयोग र भिरकोट उद्योग वाणिज्य सङ्घको पहलमा सिसौंघारी मैदानमा हाटबजार लाग्ने भएको हो ।

“हाटबजार सञ्चालनमा आएसँगै यहाँ यहाँका कृषि, पशु तथा अन्य हस्तकलाका सामग्रीले बजार पाउनेछन्”, भिरकोट नगरप्रमुख छायाराम खनालले भने, “कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणका लागि अब कुनै समस्या हुँदैन ।”

उनले आफ्नो खेतबारीमा उत्पादन भएका तरकारी तथा अन्य नगदेबालीलाई प्रत्येक शनिबार हुने हाटबजारमा ल्याएर बिक्री वितरण गर्न तथा घरमा आवश्यक पर्ने सामग्री सस्तोमा खरीद गरेर लैजान यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

गत साताबाट सञ्चालनमा आएको हाटबजारमा विशेषगरी स्थानीय उत्पादनको बिक्री वितरणमा प्राथमिकता दिइने नगर प्रवक्ता दीपेन्द्र केसीले बताए । “हाम्रा बाँझा रहेका खेतबारीमा अब तरकारी, फलफूल तथा अन्य नगदेबाली लगाउने क्रम बढ्ने आशा लिएको छु”, प्रवक्ता केसीले भने, “उपभोक्ताले सिधैँ किसानसँग किन्न पाउने भएकाले पनि बिचौलियाको मारमा पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

वाणिज्य सङ्घका अध्यक्ष भक्तबहादुर केसीले भिरकोट नगरभित्रका विभिन्न बजार प्रत्येक शनिबार बन्द गर्न भिरकोट उद्योग वाणिज्य सङ्घले व्यापारीलाई गरे । (रासस)

वि.सं.२०७६ मंसिर १५ आइतवार १६:०६ मा प्रकाशित

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...