back
CTIZAN AD

जासुसी गरेको आरोपमा एयरबसका १६ कर्मचारी बर्खास्त

वि.सं.२०७६ मंसिर १६ सोमवार

690 

shares

१६ मसिंर, जर्मनी । युरोपेली विमानकम्पनी एयरबसले आफ्ना १६ कर्मचारीलाई जासुसी गरेको आरोपमा बर्खास्त गरेको छ ।

उनीहरूले कम्पनीको नियमविपरित अन्य संस्थाका लागि जासुसी गरेको आरोप लागेपछि बर्खास्त गरिएको हो ।

जर्मनीको राष्ट्रिय समाचार संस्था (डीपीए) का अनुसार एयरबसले १६ कर्मचारीलाई बर्खास्त गरेको पुष्टि गरेको छ तर यस विषयमा विस्तृत विवरण उनीहरूलाई दिइएको छैन ।

कम्पनी निकट स्रोतले भन्यो, “जर्मनीका अभियोजनकर्ताले जर्मनीको सुरक्षाकर्मीसँग सम्बन्धित दुई सुरक्षा कार्यक्रममा एयरबसका कर्मचारीमाथि आन्तरिक जासुसी गरेको आशङ्कामा अनुसन्धान गरिरहेका छन् ।”“हाम्रा केही कर्मचारीसँग उनीहरूसँग उपलब्ध नहुनुपर्ने कागजात भेटिएको छ,” स्रोतले भन्यो ।

उक्त स्रोतका अनुसार उनीहरूले म्युनिकस्थित प्रोग्राम लाइन कम्युनिकेसन्स, गुप्तचर र सुरक्षा (सीआईएस) मा साइबर सुरक्षा तथा सम्बन्धित गतिविधिका लागि काम गर्थे ।

यस विषयमा एयरबसका उच्च अधिकारीलाई सोधिएको प्रश्नमा कम्पनीले बाह्य कानुनी फर्मको सहयोगमा आन्तरिकरूपमा अनुसन्धान वा समीक्षा गरिरहेको बताइएको छ ।

कम्पनीले सम्बन्धित अधिकारीलाई मुद्दामा अनुसन्धानका लागि समन्वय गरिरहेको छ, एयरबसले यस पहिले नै जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

बर्खास्तमा परेका एयरबसका कर्मचारीसँगबाट सञ्चार प्रणालीलगायत अन्य विषयमा सूचना लिने जर्मनीको सेनाका गोप्य फाइलहरू नियन्त्रणमा लिइएको जर्मनीको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

वि.सं.२०७६ मंसिर १६ सोमवार ०९:११ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...