१६ मङ्सिर, काठमाडौँ । आज सोमबार सुनको भाउ २ सयले घटेको छ ।
आइतबार छापावाला सुनको मूल्य तोलाको ७१ हजार ६ सय रुपैँयामा कारोबार भएकोमा आज तोलाको २ सय रुपैयाँल घटेर ७१ हजार ४ सय पुगेको छ ।
त्यसैगरी आज तेजावी सुनको भाउ पनि तोलामा २ सयले घटेर ७१ हजार १ सय मूल्यमा कारोबार भइरहेको छ ।
बजारमा सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि घटेको छ । आइतबार चाँदीको मूल्य तोलाको ८ सय ५५ रुपैँयामा कारोबार भएकोमा आज ५ रुपैँयाले घटेर तोलाको ८ सय ५५ मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७६ मंसिर १६ सोमवार ११:२९ मा प्रकाशित






























