back
CTIZAN AD

श्रीलङ्काली संसदबाहिर प्रहरीद्धारा अश्रुग्यास प्रयोग

वि.सं.२०७३ मंसिर १९ आइतवार

1K 

shares

१९ मङ्सिर, कोलम्बो । श्रीलङ्काली संसदमा वार्षिक बजेटका विषयमा छलफल भइरहेको समयमा शनिबार संसदबाहिर प्रतिपक्षीका समर्थक हजारौँ प्रदर्शनकारीलाई भगाउन प्रहरीले अश्रुग्यास तथा पानीको फोहरा प्रयोग गरेको छ ।

प्रदर्शनकारीलाई पूर्व राष्ट्रपति महिन्दा राजापक्षका समर्थकहरूले नेतृत्व गरेका थिए र उनीहरूले यातायात अवरुद्ध पार्नुका साथै संसद जाने मार्गलाई निकै घण्टासम्म रोकिदिए ।

प्रतिपक्षी सांसद रणजित सोयसाले प्रदर्शनकारीहरूले स्थानीय निर्वाचनको माग गरेको बताउनुभयो । नयाँ निर्वाचन प्रणाली तयार गर्न गत वर्ष गरिनुपर्ने स्थानीय निर्वाचन रोकिएको छ ।

उहाँले संसदमा प्रहरीले अश्रुग्यास प्रयोग गरेको र आफूसहित १० सांसद प्रभावित भएको बताउनुभयो ।

यसअघि श्रीलङ्कामा सडक मार्ग सुरक्षित बनाउन यातायात कानुन उल्लङ्घन गर्नेलाई गरिने जरिवाना ५० गुणा बनाउन राखिएको प्रस्तावको विरोध गर्ने निजी बस सञ्चालक तथा चालकसँग प्रहरीको भिडन्त भएको थियो । एएफपी

वि.सं.२०७३ मंसिर १९ आइतवार ०३:५० मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...