back
CTIZAN AD

एनसिसीले पञ्चकोटी युवा क्लबलाई १२९ रनले पराजित

वि.सं.२०७६ मंसिर १६ सोमवार

1.1K 

shares

१६ मङ्सिर, बैतडी । बिडिसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १९ औँ संस्करणको उपाधि निङ्ग्लाशैनी क्रिकेट क्लब (एनसिसी) ले हात पारेको छ । उपाधि भिडन्तमा एनसिसीले पञ्चकोटी युवा क्लबलाई १२९ रनले पराजित गरेको हो ।

निङ्ग्लाशैनी खेल मैदानमा सम्पन्न फाइनल खेलमा एनसिसीले दिएको २१३ रनको विशाल लक्ष्य पन्छाएको पञ्चकोटी १६ दशमलव ४ ओभरमा ८३ रनमा सीमित रह्यो । जसमा किसन बुडालले १४ र आशिष बुडालले ११ रन बनाउनुबाहेक अन्य दोहोरो अङ्कमा रनसमेत बनाउन सकेनन् । एनसिसीका रिसिकेश बोहराले चार, गजेन्द्र बोहराले दुई र वीरेन्द्र नाथले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एनसिसीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१२ रन बनायो, जसमा वीरेन्द्र नाथले अर्धसतकीय पारी खेल्दै ८६ रनको योगदान गरे । उत्कृष्ट प्रदर्शन गरेका वीरेन्द्रले ५० बलको सामना गर्दै ६ छक्का र ९ चौकासहित ८६ रन जोडेको हो । यस्तै खडक बोहराले ४५ र प्रकाश नाथले ४२ रन बनाए ।

पञ्चकोटीका दिनेश बुडाल, प्रकाश बुडाल, डम्बर बुडाल र दीपक दमाईले समान १÷१ विकेट लिए । एनसिसीका लागि अलराउण्डर प्रदर्शन गरेका वीरेन्द्र नाथ म्यान अफ द फाइनल चुनिए । उपाधिसँगै एनसिसीले ३० हजार पुरस्कार पायो भने पञ्चकोटीले २० हजारमा चित्त बुझायो । एनसिसीले बिडिसिए कप उचालेको यो पाचौँ पटक हो ।

वि.सं.२०७६ मंसिर १६ सोमवार ११:४७ मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...