१७ मसिंर, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको तथ्य फेला परेको छ । नापी तथा मालपोतका कर्मचारीको मिलेमतोमा सदरमुकाम इनरुवास्थित सीडीओ कार्यालयको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको हो ।
सीडीयो कार्यालयको जग्गा व्यक्तिको नाम गराउने नापी कार्यालय सुनसरीका कर्मचारीसहित ११ जनालाई सोमबार विशेष अदालतमा मुद्दा चलाइएको छ । जिल्ला प्रशासन कार्यालयको सरकारी जग्गाको नक्साको धर्साे मेटाई व्यक्तिका नाममा दर्ता गराउने कार्यमा संलग्नको अभियोगसहित सर्वेक्षक उपेन्द्र दासलगायत ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।
नापी सर्वेक्षक दास र उनले गरेको कित्ताकाटलाई प्रमाणित गर्ने सर्वेक्षक योगेन्द्रप्रसाद यादव, सर्वेक्षक कपलेश्वर राम, सर्वेक्षक शुकदेव यादवले सीडीओ कार्यालयको जग्गा व्यक्तिका नाममा गराउन संलग्न भएको अख्तियारको आरोप छ । मंगलबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ मंसिर १७ मंगलवार ०७:३१ मा प्रकाशित






























