१७ मसिंर, काठमाडौँ । नेपाल र ओमनबीच संस्कृति एवं म्युजियमका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । ओमनको मस्कटमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय संग्रहालयका महानिर्देशक जमल विन हसन मोवासीले समझदारीपत्रमा हस्ताक्षर गरे ।
समझदारीले संग्रहालय क्षेत्रमा दुई देशबीच विज्ञता र अनुभव आदानप्रदान गर्ने बाटो खुलेको ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन् । ‘दीर्घकालसम्म संग्रहालयको विकास गर्न, आवश्यक सरसल्लाह र सामाजिक सहकार्य गर्ने विषयमा समझदारी केन्द्रित छ ,’ उनले भनिन् । मंगलबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ मंसिर १७ मंगलवार ०७:४४ मा प्रकाशित






























