१७ मसिंर, काठमाडौँ । पश्चिम नवलपरासीको सुस्तामा तटबन्ध निर्माणमा भारतले अवरोध गरेको छ । भारतीय पक्षको अवरोधपछि नदी किनारमा बनाउनुपर्ने तटबन्ध बाटो र खेतनजिक निर्माण गरिएको छ ।
अवरोधकै कारण केही क्षेत्रमा अझ पनि तटबन्ध निर्माण हुन सकेको छैन । भारतीय एसएसबीले अवरोध गरेपछि सूस्ताको दक्षिणतर्फको सीमा क्षेत्रनजिकको नेपाली भूभागमा निर्माण गर्नुपर्ने तटबन्ध पनि नबनेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिएका छन् ।
तटबन्ध बनाउन जाँदा भारतीय एसएसबीले अवरोध गर्ने गरेको उनको भनाई छ । नारायणी नदी किनार हुँदै ५ वर्षअघिबाट सुस्तामा तटबन्ध निर्माण कार्य सुरु भएको हो । मगंलबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ मंसिर १७ मंगलवार ०८:०१ मा प्रकाशित






























