१७ मसिंर, काठमाडौँ । दुई थान एमआई १७ हेलिकप्टर खरिदका लागि नेपाली सेनालेृ ग्लोबल टेन्डर गर्ने भएको छ ।
दुई वर्षअघि सरकारले रुसबाट जीटुजी (सरकार सरकार स्तरमा ) कार्यक्रमअन्तर्गत हेलिकप्टर किन्न स्वीकृति दिएको थियो ।
अमेरिकाले रुसलाई आर्थिक नाकाबन्दी लगाएकाले हेलिकप्टर भित्राउन सकस परेको थियो । रुसबाट ल्याउन नसकेपछि सेनाले टेन्डर प्रक्रियाबाट खरिदको तयारी गरेको हो ।
रक्षामन्त्रालय र सेनाले प्रक्रिया थालेको स्रोतले बतायो । यसमा प्रधानमन्त्री कार्यालयसमेत सकारात्मक छ । मंगलबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ मंसिर १७ मंगलवार ०८:३० मा प्रकाशित






























