१७ मसिंर, काठमाडौँ । नेपाल वायु सेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा , इन्धन सेवा र स्लट( ग्राउन्ड ह्यान्डलीङ, फ्युल र स्लट) को सहमति गरेको छ ।
यो सहमतिसँगै निगम सन् २०२० को जनवरीदेखि जापानको नारितामा उडान शुरु गर्ने तयारीमा छ । निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सातामा दुईवटा उडान गरिरहेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवा नपाउँदा निमगको नारितामा विमान सेवा सञ्चालन गर्ने योजना अनिश्चित बनेको थियो ।
निगमले अहिले जापान सिभिल एभिएशन ब्युरोअन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरेको छ । मंगलबारको आर्थिक अभियान राष्ट्रिय दैनिकबाट
वि.सं.२०७६ मंसिर १७ मंगलवार ०८:४२ मा प्रकाशित






























