back
CTIZAN AD

१३ औँ साग : डुवाथोलनमा नेपाललाई एक स्वर्ण र दुई रजत पदक

वि.सं.२०७६ मंसिर १७ मंगलवार

762 

shares

१७ मङ्सिर, कास्की । नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत ट्रायथोलनको आज पोखरामा सम्पन्न स्प्रिन्ट विधाको डुवाथोलन प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ एक स्वर्ण र एक रजत पदक जितेको छ । त्यसैगरी डुवाथोलनको महिलातर्फ नेपाल एक रजत पदक जित्न सफल भयो ।

गौरीघाटमा भएको प्रतियोगितामा निर्धारित पाँच किमी दौड, २० किमी साइकल र पुनः दुई दशमलव पाँच किमी दौड ५७ मिनेट ३३ सेकेण्डमा पूरा गरी नेपालका हिमाल टमाटाले देशलाई स्वर्ण पदक दिलाएका हुन् । नेपालकै लक्ष्मण मल्लले निर्धारित दूरी ५९ मिनेट १३ सेकेण्डमा पूरा गरी रजत तथा श्रीलङ्काका अशिथ परेराले ५९ मिनेट ३२ सेकेण्डमा दूरी पार गरी रजत पदक प्राप्त गरे ।

त्यसैगरि महिलातर्फ श्रीलङ्काका एराङ्गा दुलाक्षीले निर्धारित दूरी एक घण्टा पाँच मिनेट ५८ सेकेण्डमा पार गरी स्वर्ण पदक प्राप्त गरिन् भने नेपालका भूमि बुढामगरले एक घण्टा आठ मिनेट ५८ सेकेण्डमामा तोकिएको दूरी पूरा गरी रजत प्राप्त गर्न सफल भइन् । श्रीलङ्काका उदय कुमारीले एक घण्टा नौ मिनेट नौ सेकेण्डमा निर्धारित दूरी पूरा गरी काश्य पदकमा चित्त बुझाइन् । सागको ट्रायथोलनमा आयोजक नेपालसहित भारत र श्रीलङ्काले सहभागिता जनाएका छन् ।

ट्रायथोलनमा पाँच स्वर्ण, पाँच रजत र पाँच काश्य गरी १५ पदकका लागि प्रस्पिर्धा भइरहेको छ । ट्रायथोलनमा सोमबार भएको प्रतिस्पर्धामा महिलातर्फ नेपाल तथा पुरुषतर्फ भारतले स्वर्ण पदक जितिसकेको छ । प्रतियोगिताअन्तर्गत बुधबार ‘मिक्स रिले’मा प्रत्येक देशबाट दुई÷दुई जना महिला तथा पुरुष गरी १२ जनाबीच प्रतिस्पर्धा हुँदैछ । फेवातालमा ३०० मिटर पौडी, छ दशमलव पाँच किमी साईक्लिङ र साढे दुई किमी दौड रिलेमा समेटिएको छ । (रासस)

वि.सं.२०७६ मंसिर १७ मंगलवार १४:०२ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...