back
CTIZAN AD

सन्तोषीले दिलाइन् एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक पदक

वि.सं.२०७६ मंसिर १७ मंगलवार

855 

shares

१७ मसिंर, काठमाडौँ । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले आज स्वर्णपदक हात पारेकी छिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मंगलबार भएको खेलमा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।

उनले भारतकी कविता यादवलाई ०.०१ सेकेण्डलेपछि पार्दै नेपाललाई एथ्लेटिक्समा पहिलो स्वर्ण दिलाए । भारतकी कविताले ३५ मिनेट ०७.९५ को समय खर्चदै रजत पदक जितिन् । सोही स्पर्धामा श्रीलङ्का तेस्रो बन्यो । श्रीलङ्काकी निलान्थी लङ्काले ३५ मिनेट ५९।०२ सेकेण्डको समय खर्चदै कास्य पदक हात पारेका हुन् ।

साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । यसअघि सन् २००६ मा श्रीलङ्कामा भएको सागमा नेपालकी कान्छीमाया कोजुले १० हजार मिटर दौडमा नेपालाई रजत पदक दिलाएका थिए । त्यस्तै सन्तोषीले आठौं राष्ट्रिय खेलकूदमा स्वर्ण जितेका थिए । योसँगैँ १३औँ सागमा नेपालले अहिलेसम्म २० स्वर्ण पदक हात पारेको छ ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार १४:०७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...