back
CTIZAN AD

जनता बैंकद्वारा दुई संस्थानलाई आर्थिक सहयोग

वि.सं.२०७६ मंसिर १८ बुधवार

1.6K 

shares

१८ मसिंर, काठमाडौँ । जनता बैंकले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई रु. ४ लाख ५० हजार र वैद्यनाथ वेदविद्याश्रमलाई रु. २ लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।

बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवालाई आँखाउपचार सम्बन्धी क्रोनियलटोपोग्राफी मेसिनखरिदका लागि रु. ४ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।

मंगलबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञानअध्ययन संस्थानका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरेका हुन् ।

यसैगरी बैंकले सुदुरपश्चिमप्रदेशको अछाममा रहेको वैद्यनाथक्षेत्र विकास संस्थालाई अक्षयकोषका लागि रु. २ लाख ५१ हजार सहयोग उपलब्ध गराएको छ ।

प्रमुखकार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्रीले वैद्यनाथक्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहरालाई चेक हस्तानतरण गरिएको विज्ञप्तीमा जनाइएको छ ।

उक्त सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षयकोषमा जम्मा गरिने बताइएको छ ।

जनता बैंक र ग्लोबल आइएमई बैंक एक आपसमा गाभिई मंसिर २० गते देखि एकिकृत कारोवार गर्ने तयारीमा गर्देछन् । दुवै बैंक गाभिएपछि ग्लोबलले रु. २४ अर्ब भन्दा बढी प्राथमिक पुँजी, २ खर्ब ४ अर्ब बचत, रु. १ खर्ब ९४ अर्ब कर्जा लगानी तथा ८५० भन्दाबढी सेवा केन्द्र भएको देशकै ठूलो बाणिज्य बैंकको रुपमा स्थापित हुने बैंकले बताएको छ ।

वि.सं.२०७६ मंसिर १८ बुधवार १३:३७ मा प्रकाशित

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...