back
CTIZAN AD

हैदरावाद डाक्टरमाथि बलात्कारपछि हत्याकाण्डका चारैजना आरोपि मुठभेडमा मारिए

वि.सं.२०७६ मंसिर २० शुक्रवार

786 

shares

२० मंसिर, काठमाण्डौं । हैदरावादकी जेटिए डाक्टरको बलात्कारपछि हत्या गरेका चारैजना आरोपी प्रहरीको इनकाउन्टरमा मारिएको समाचार छ ।

प्रहरी हिरासतमा रहेका ती चार अभियुक्तहरु हैदरावादबाट ५० किलोटिरको दूरीमा रहेको महबुब जिल्लाको चटनपल्ली गाउँमा प्रहरीको इन्काउन्टमा मारिएको बताइएको छ ।

तेलंगना प्रहरीका इडीजी (ल एण्ड अर्डर) जितेन्द्रले शुक्रबार रातको तीनबजे चारैजना आरोपिको मुठभेडमा मृत्यु भएको बीबीसीलाई बताएका छन् ।

विहिवारको राती प्रहरीले चारै अभियुक्तलाई एक स्थानमा लगेका थिए जहाँ महिला डाक्टरलाई उनीहरुले जिउँदै जलाएका थिए । एक प्रहरीले आफ्नो नाम नबताउने शर्तमा बीबीसीलाई बताएका छन् ।

त्यहाँ घटनाको दृश्य रिक्रियट गर्ने क्रममा अभियुक्तहरुले प्रहरीमाथि आक्रमण गर्ने कोशिष गरेका थिए । जसमा प्रहरीको कारबाहीमा उनीहरुको मृत्यु भएको हो ।

उक्त इन्काउन्टरमा आरोपि मारिएपछि मृतक डाक्टरका बाबुले आफ्नो छोरीको आत्मालाई शान्ति मिलेको बताएका छन् ।

स्मरण रहोस्, नोभेम्बर २८ तारिखमा हैदरबादको एक टोल प्लाजाको नजिक २६ वर्षकी एक डाक्टरको जलेको अवस्थामा शब भेटिएको थियो । प्रहरी अनुसन्धानका क्रममा ती डाक्टरमाथि चार युवाले बलात्कारपछि जलाएर हत्या गरेका थिए । घटना पछि ती चार युवालाई पक्राउ गरेर १४ दिनको न्यायिक हिरासतमा पठाइएको बताइएको छ ।

आफ्नो स्कुटरको टायर पंचर भएपछि रातको ९ बजे उक्त टोल प्लाजामै स्कुटर छोडर हिँडेर घर जान लागेकी ती २६ वर्षीया डाक्टरलाई केही युवाले स्कुटर बनाइदिने बहानामा अन्तै लगेर बलात्कारपछि जलाएर हत्या गरेका थिए ।

स्कुटर बिग्रीएको बहिनीसँग फोनमा बताइरहेकी ती डाक्टरले ती युवाहरुले आफूलाई घुरेर हेरेको बताउँदै केही क्षणमा फोन गर्ने बताएपनि उनको फोन स्वीचअफ भएको थियो । तत्कालै उनका परिवार उक्त प्लाजामा आउँदा डाक्टर त्यहाँ भेटिइनन । उनीहरुले प्रहरीमा छोरी हराएको उजुरी दिए । तर, बिहान प्रहरी स्टेशनको छेउमा रहेको एक अन्डर कन्ट्रक्सन पुलको तल आधा जलेको शब भेटिएको सूचना आएको थियो । त्यसपछि डाक्टरका परिवार प्रहरी त्यहाँ पुगेर शबको शनाखत गरेका थिए ।

डाक्टरको हत्यापछि त्यसको विरोधमा भारतभरी आवाज उठेको थियो । भारतका केही नेता तथा सांसदले यसरी बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई सार्वजनिक स्थलमा लगेर जनताले सजाय दिनुपर्ने लगायतका आवाजहरु पनि उठीरहेका थिए ।

PHOTO-ANI

वि.सं.२०७६ मंसिर २० शुक्रवार १०:०४ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...