back
CTIZAN AD

युक्रेन आगलागीमा १४ बेपत्ता, २७ घाइतेमध्ये अधिकांश विद्यार्थी

वि.सं.२०७६ मंसिर २० शुक्रवार

792 

shares

२० मसिंर, किभ ।  युक्रेनमा भएको आगलागीमा परेकामध्ये १४ जना हराइरहेका अधिकारीले जनाएका छन् ।

युक्रेनको दक्षिणी क्षेत्रमा पर्ने ओडिसा बन्दरगाह शहरमा भएको आगलागीमा परेकाहरूको केही पत्ता नलागेको राष्ट्रपति भोलोडीमीर जेलेन्स्कीले बताए ।

ओडिसाको मध्य भागमा रहेको एउटा कलेजको भवनमा बुधबार आगलागी भएको र हराएकाहरू विद्यार्थी नै रहेको अधिकारीहरूले जनाएका छन् ।

आगलागीमा परी १६ वर्षीया एक छात्राको मृत्यु भएको पुष्टि भएको छ भने अरू २७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको शरीरका धेरै भाग जलेको अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

आगलागी भएको छ तले घरभित्र रहेका ती विद्यार्थीहरू जीवितै छन् की भनेर सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूले खोजी कार्य जारी राखेका छन् ।

बिहीबार बिहानैदेखि अग्नि नियन्त्रकहरूले पनि आगो निभाएर भग्नावशेष अवस्थाका पर्खाल तथा अन्य सामानहरू हटाउने कार्य गरिरहेको अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रपति जेलेन्कीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “सम्पर्कबिहीन रहेका १४ जना नै जीवितै अवस्थामा एकदमै चाँडै भेटिने विश्वास गर्दछौँ ।” उहाँले त्यहाँ अरू पनि पीडित भएको हुनसक्ने आशङ्का पनि व्यक्त गर्नुभएको छ ।

खोजी तथा उद्धारमा खटिएका मध्ये सात जना अग्नि नियन्त्रकहरू घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

“हामी सबैले उनीहरूको जीवितै उद्धार गर्न सकियोस भनेर प्रार्थना गरिरहेका छौँ,” ४१ वर्षीय राष्ट्रपति जेलेन्कीले भने ।

उनले घाइतेहरूलाई स्वस्थ अवस्थामा फर्काउनका लागि चिकित्सकले सम्भव भएसम्मका सबै प्रयास गरिरहेको पनि उल्लेख गरेका छन् । उनले चिकित्सकको प्रयास सफल हुने विश्वास पनि व्यक्त गरेका छन् ।

घटना भएको शोकमा ओडिसाका नगर प्रमुखले बिहीबार र शुक्रबार नगरभरी शोक मनाइने निर्णय भएको जानकारी दिए ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १०:१० मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...