back
CTIZAN AD

नेहरुको भूमिका नेपालका लागि एक खलपात्रको थियो

वि.सं.२०७६ मंसिर २० शुक्रवार

687 

shares

नेहरुको नेपाल प्रतिको नियत ठिक नभएको भयतापनि उनि नेपाललाइ भुटान सरह बनाइ राख्ने (सदैब आफ्नो ग्रिप मा राख्ने) प्रयासमा भएको बुझ्न सकिन्छ । तर सरदार पटेलले हैदराबाद, जुनागढ़, काश्मिरलाई निलेझें निलि हाल्ने पक्षमा भने देखिदैनथे । उनले यस मामिलामा सरदार पटेललाई पटक पटक रोकेका पनि हुन् ।

नेपाललाई नेहरुले भारतमा मिसाउन चाहेकै भए राणा शासन ढल्नु अगाडी नै जतिबेला चिनमा जनबादी आन्दोलन सफल भएको समेत थिएन अर्थात् अगष्ट १९४७ र अक्टोबर १९४९ बीचमै सो काम गर्थे होलान् भन्ने अनुमान लगाउन नमिल्ने होइन । तर उनि आफुलाई तेश्रोविश्वको नेता कहलाउन र एक सच्चा प्रजातन्त्रबादी व्यक्तिको रुपमा स्थापित गर्न लालायित समेत थिए ।

ठिक यसैबेला भाजपाको नेतृत्वको सरकार केन्द्रमा प्रबल बहुमत सहित उपस्थित भएकै समयमा उनका चिठ्ठी, मेमो, टेलिग्राम, माइन्युट, बिज्ञप्तिहरु ‘डीक्लासिफाईड’ गरिनु आफैमा रहस्यमय पनि छ । सबैलाई थाहा छ भाजपाले नेहरुलाई ‘डेमोनाइँजेसन’ गर्दै आइरहेको र गान्धी । पटेल र यहाँसम्म कि सुभाषचन्द्र बोसलाइ समेत ‘देबत्वकरण’ गर्ने प्रयास गरेको छ ।

जे भएपनि सुधिर शर्माले आजभन्दा एकबर्ष पहिला नै (मंसिर ८, २०७५ मा) अन्नपूर्ण दैनिकमा लेखेको ‘नेहरुको नेपाल चिठ्ठी ‘ महत्वपूर्ण नै देखिन्छ । मैले आफ्ना मित्र नारायण शर्माको वालमा देखेर चाख लिएर पढें ।

तर नेपालले अहिले सिमा सम्बन्धि कुरा उठाउदा यतिबेलै नेहरु एक खलपात्र थिए, बरु अहिलेकाले उनको खराब नियतलाई बाहिर ल्याएर हाम्रो आँखा खोलि दिएका छन् भन्ने किसिमको संदेश प्रबाह गर्न यो आलेखलाई बाहिर ल्याइएको त होइन भन्ने मेरो आंकलन छ ।

स्मरणीय कुरा एकपटक भाजपाका अध्यक्ष्य बंगारु लक्ष्मणले  ‘नेहरुले नेपाललाई भारतमा नगाभेर ठुलो गल्ति गरेको’ अभिव्यक्ति समेत दिएका थिए । अर्का भाजपा नेता तथा भाजपाका अपेक्षाकृत शालीन नेता मानिएका अटल बिहारी बाजपेयी कै पालामा नेपालको दरबार हत्याकाण्ड भएको थियो । भाजपाका अर्का नेता नरेन्द्र मोदीको प्रधानमन्त्रित्वकालमा नेपाललाई लगभग १ बर्ष नाकाबन्दी लगाइयो । अहिले नेपालको मिचिएको भुमि सम्बन्धी कुराकानी गर्न नेपालबाट पहल हुँदा मोदीले सुनेको नसुन्यै गर्दैछन ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १०:३८ मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...