back
CTIZAN AD

बुरुण्डीमा पहिरो जाँदा ३८ को मृत्यु

वि.सं.२०७६ मंसिर २० शुक्रवार

732 

shares

२०मसिंर बुजुम्बुरा ।  बुरुण्डीमा आएको पहिरोमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिबीटोक प्रान्तमा पहिरोका कारण ती मानिसको मृत्यु भएको हो । अत्यधिक वर्षापछि बुधबार ठूलो पहिरो आएको स्थानीयले जनाएका छन् ।

पहिरोका कारण तीन ठाउँमा मृत्यु भएकाहरूको जोडेर ३८ पुगेको सार्वजनिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिरे कुरिकियले पत्रकार सम्मेलनमा बताए ।

उनका अनुसार न्युम्पुँदुबाट २२, गिकोमेरोबाट तीन र रुकोम्बेबाट १३ मृत शरीरलाई पहिरोबाट झिकिएको छ ।

बिहीबार दिउँसो ४ बजेतिर आएको अत्यधिक वर्षा र पहिरोका कारण थप केही घरहरूमा क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।

कुरिकियेले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार ०९:४९ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...