back
CTIZAN AD

हङकङमा नेपाल भ्रमण वर्ष भव्य रुपमा मनाइने, प्रबद्र्धनका लागि समिति गठन

वि.सं.२०७६ मंसिर २० शुक्रवार

843 

shares

२० मंसिर, हङकङ । नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि हङकङमा रहेका नेपाली संघसंस्थाहरु जुटेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को विधिवत उद्घाटन कार्यक्रम आगामी ५ जनवरी २०२० का दिन हङकङको सेन्ट्रलमा राखिएको छ ।

उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न ९ सदस्यीय नेपाल भ्रमण वर्ष २०२० प्रबद्र्धन समिति हङकङ गठन गरिएको छ ।

नेपाली कन्सुलेट जनरल मुख्य आयोजक रहेको सो कार्यक्रमको सहआयोजक तथा सदस्य सचिवका रुपमा गैरआवासीय नेपाली संघ हङकङ रहेको छ भने नेपाल बायुसेवा निगम पनि सहआयोजक रहेको छ । त्यस्तै सदस्यमा नेपाल आदिवासी जनजाती महासंघ हङकङ, हङकङ नेपाली महासंघ, नेपाल च्याम्बर अफ कमर्स हङकङ, प्रवासी नेपाली एकता मंच हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र नेपाली समाज हङकङ रहेको प्रबद्र्धन समितिको सदस्यसचिव समेत रहेकी गैरआवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङ(टिका)ले जानकारी दिएकी छन् ।

गुरुङका अनुसार उद्घाटन पछि ५ वटा खुल्ला बसमा नेपाल भ्रमण वर्ष प्रबद्र्धनका ठूलाठूला ब्यानर लगाएर प्लेकार्ड तथा विभिन्न झाँकीसहित डेढ घण्टामा हङकङ साइट घुम्ने र समापन कार्यक्रम रहेको छ । कार्यक्रममा करिब ४ सय जनाको सहभागीता रहने बताइएको छ ।

प्रबद्र्धन समितिले कार्यक्रममा सबैको सक्रिय सहभागिताका लागि नेपाली संघसंस्था तथा नेपाली समुदायहरुलाई आग्रह गरेको छ ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार ०९:४९ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...