back
CTIZAN AD

लधुकथा : प्रेम

वि.सं.२०७६ मंसिर २१ शनिवार

684 

shares

ऊ हस्पिटलको बेडबाट भन्दै थियो । ‘अब निको भएर बिहे गर्ने ।’ प्रेम पनि थियो सोनीका सँग । ऊ आफूलाई थाह थियो मलाई क्यान्सर लागेकोछ । ब्लड क्यान्सर।बाँच्ने सम्भावना कम थियो तर पनि सपना सझाउँन भने उसले छाडेकै थिएन ।

जो स्वस्थ्य मान्छेले भोलिका लागि सपनामा बुनेर बाँच्छ । त्यस्तै सपना बुनेको थियो उसले पनि । साथीभाइबाट आर्थिक सहयोग राम्रै थियो । ठूलै सहयोग पुर्याएका थिए पैसा देखि अस्पताल सम्म । उसको आर्थिक अवस्था कम्जोर थियो । महिनै पिच्छे उसको शरीरमा ब्लड चढाउँनु परेको थियो । त्यो पनि साथी भाइकै सहयोगले सम्भव थियो ।
भरतपुर क्यान्सर हस्पिटलमा पाँच दिन पछाडि अप्रेसन छ भन्ने सुने पछि सोनीका आएकी थिई गाउँबाट । ऊ खुसीले पुलकित भएको थियो सोनीका आउँदा ।

सोनीका उसकी प्रेमिका । पाँच दिनमा उसको अप्रेसन हुँदैछ भन्ने सुनेर शान्त्वना दिन र सहयोग गर्न आएकी । डाक्टरलाई पनि थाह थियो ऊ बाँच्दैन । ब्लड उत्पादन गर्ने क्षमता छैन उसमा । कोसिस मात्र गर्न सकिन्छ । यो कुरा त उसको साथमा रहेको साथी मनोजलाई पनि थाह थियो । डाक्टरले पनि भनेकै हुँन् ।

मनोज पनि उसको स्वास्थ्य जीवनको कामना गरिरहन्थ्यो । आफ्नो साथी गुमाउन चाँहदैन थियो मनोज ।
अप्रेसन थिएटरमा लगियो । बाहिर प्राथना गरेर बसे सोनीका र मनोज । अप्रेसन सफल भयो ।

वार्डमा राखेर सोनीकाले सम्झाई अब तिमी बिसेक भए पछि हामी बिहे गर्नु पर्छ । सोनीकाको प्रेम र साथी मनोजको प्रेमले आत्मबल थपिँदै गयो । प्रेम औसधि बन्यो ।आत्माबल र प्रेमले क्यान्सरलाई पनि जित्यो ।

वि.सं.२०७६ मंसिर २१ शनिवार १०:३० मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...