back
CTIZAN AD

कविता : बलिदानको रङ्ग

वि.सं.२०७६ मंसिर २१ शनिवार

810 

shares

विश्वास नहुन पनि सक्छ
सँगै हिँड्नेहरूको
भरोसा नहुन पनि सक्छ
सँगै बौरनेहरूको
बाटो बिराउन पनि सक्छन्
परिवर्तनका ती बाहकहरू ।

अस्ति जस्तै लाग्छ,
थुप्रै रहरहरू बन्धकी राखेर
रोपेकी थिएँ यिनीहरूसँगै
गैह्री खेतमा सपनाको बिउ !

नभन्दै
आशाहरू सलवलाउँदै
झुपडीसम्म पुग्दा
सुन्तली, दावा र रामजनमहरू
खुसीले चिच्याएका थिए
‘आमा !
हाम्रो घरमा फूल फुल्यो !’
लागेको थियोे-
समयले गहिरो स्पर्श गरिरहेछ ।

एकाएक मध्यरातमा
सपनामाथि अतिक्रमण भयो
पटक-पटकको हमलाले
विचलित भए-जिन्दगीका सारा आस्था र सङ्कल्पहरू

बस्तीमा रोइरहेका आमाहरूले
एकै स्वरमा भने-
हिजोसम्म यिनको टाउकोमा
अरूका लागि ठाउँ थियो
हिजोसम्म यिनको मुटुमा
अरूका लागि स्नेह थियो
हिजोसम्म यिनको शरीरमा
आफ्नै रगत र पसिनाको रङ्ग थियो
जब विचलित भए यिनीहरू
तब सुकेर गयो
यिनको शरीरबाट रातारात
आँसु र बलिदानको रङ्ग !

वि.सं.२०७६ मंसिर २१ शनिवार १०:२७ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...