back
CTIZAN AD

कविता : यात्रा भो अधुरो

वि.सं.२०७६ मंसिर २१ शनिवार

837 

shares

क्रान्ति भयो रे लोकतन्त्र आ’छ ।
संघियता साथै समावेशी भा’छ ।।
आयो गणतन्त्र र पनि अरुको ।
आएन किसान मजदुरहरुको ।।

उकाली ओराली चढेको चढ्यै छ ।
गलेको छ जीउ लडेको लड्यै छ ।।
जितेको भनिन्छ तर हारेकै छ ।
के पायो र खोई भाइ मारेकै छ ।।

न भोक टर्याछ न प्यास मेट्या छ ।।
न शान्ति सुरक्षा न बास भेट्या छ ।
न शिक्षा भो सवको त्यो पनि धनीको ।।
न स्वास्थ्यको कुनै ग्यारेन्टी हुनी भो ।

न उद्योग धन्दा न त रोजगारी ।।
हटेन पीडा त्यो दीन कष्टकारी ।
न ऐले छ वारी न पारी तर्या छ ।।
यात्रा भो अधुरो बिचमा पर्या छ ।

वि.सं.२०७६ मंसिर २१ शनिवार १०:२० मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...