back
CTIZAN AD

कविता-विश्वका दिव्य तारा

वि.सं.२०७६ मंसिर २१ शनिवार

2.5K 

shares

नेपालीका मन मुटु छुने काव्य राम्रा दियेर
हाँसेका छौ कविवर नयाँ सिर्जना पस्कियेर ।
डाँडा खोला वन चउरका दृश्य टप्पै टिपेर
राखेका छौ अति चतुर भै काव्यमा त्यो खिपेर ।

गाए रम्दै मधुर लयमा गीत हाम्रै युवाले
आए हाँस्दै पुलकितहुँदै सुन्दरी नाच्न थाले ।
डाँडा पाखा रनवन सवै गीत तिम्रै सुसेल्छन्
सुन्छन् प्यारो मृदुल धुन यो किन्ररी लठ्ठपर्छन् ।

राम्रा राम्रा प्रणय कविता सुन्नखोज्दै छ डाँफे
बोकी तिम्रा मृदुल कविता उड्नखोज्दै छ डाँफे ।
जा जा डाँफे भुवनभरनै छर्न जा काव्य धारा
हाम्रा प्यारा कविवर बनुन् विश्वका दिव्य तारा ।

गाए तिम्रै मधुर कविता स्वर्गमा देवताले
हाँस्दै रम्दै छुमु छुमु सवै अप्सरा नाच्नथाले ।
गुञ्जीन्छन् ती प्रणय कविता झुम्छ धर्ती
अकास सुन्छन् तिम्रा मृदुल कविता लठ्ठभै कालिदास ।

लेख्यौ गौरी विरह कविता प्रेम के हो सिकायौ
नेपालीका मन मुटु जिती राष्ट्रसम्मान पायौ ।
रोपेका छौ यस जगतमा किर्ती आफ्ना हजार
पारेका छौ सफल सहजै जन्म यो एक वार ।।

छन्द-मन्दाक्रान्ता ।

(राष्ट्रकवी माधव घिमिरेको १०१ औं जन्म दिवसको अवसरमा राष्ट्रव्यापी कविता प्रतियोगितामा दोस्रो स्थान प्राप्तगर्न सफल कविता )

वि.सं.२०७६ मंसिर २१ शनिवार १०:१८ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...