हराएछ आत्मीयता
भेटिएन मानवता
यो शहर खै कस्तो शहर ?
जोडिएको घरको भित्ता
छिनेको पूल जस्तो
झरेको फूल जस्तो
सुकेको मूल जस्तो
फरक छैन राष्ट्रियता
जस्तो यूरोपको
अनि अमेरिकाको
छैन यहाँ फ्रान्सको
स्पेनिश,डच,जर्मनी
भारतिय, नेर्वे
त्यस्तै फिन्ल्याण्डको
बिभिन्न देशको
होला पूर्व्तिरको
होला पश्चिमतिरको
हामी एक नेपाली
छैन यहाँ बोलचाल
के छ खबर ?
छैन सोध्ने
खै कस्तो शहर ?
एउटा घरमा बिहेको पार्टी
अर्को घरमा छ शोक्
भेटेँ यहीं मैले
मानब बीचको रोग
हुन्न गाउँमा जस्तो
आइज हाम्रो घरमा
लइजा साग
लइजा मही
तेरो घरमा थाक्यो होला
लैनो गाई भैसी
सोध्दैन शहरमा
चिनजान छैन छिमेकी
कोही भेटिएन बिवेकी
खै कस्तो शहर ?
बाँंझिएको खेतबारी
मौलाएको झाडी
अब गाउँ फर्केर
बनाउँ सबले हराभरा
रोकौ बसाई सराई
जोडौ मनको पूल
फूलाउँ सुन्दर फूल
भएछ हामीबाट
साह्रै ठूलो भूल
सायद यही हो
बिशेषता शहरको
बिशेषता काठमाण्डौको ।
वि.सं.२०७६ मंसिर २१ शनिवार १०:१६ मा प्रकाशित






























