back
CTIZAN AD

काबुलमा आइएस लडाकूद्वारा आत्मसमर्पण

वि.सं.२०७६ मंसिर २४ मंगलवार

648 

shares

२४ मङ्सिर, अफगानिस्तान । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको द्धन्द्धग्रस्त प्रान्त नान्गाहारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका केही सदस्यले आत्मसमर्पण गरेका छन् ।

अफगानिस्तानका सुरक्षा अधिकारीहरुले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बलका कमाण्डरहरु समेतगरी कम्तीमा पनि १० जनाले आत्मसमर्पण गरेका हुन् ।

ती सुरक्षा अधिकारीहरुका अनुसार केही स्थानीय कमाण्डरसहित १० जना लडाकूले अफगानिस्तानको राजधानी काबुलबाट दक्षिणतर्फ अवस्थित सो प्रान्तमा रहेको सेनाको एक ब्यारकेमा आएर उनीहरुले आत्मसमर्पण गरेका हुन् ।

नान्गाहार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा १० आइएस लडाकू समूहले आफूसँग रहेका शक्तिशाली हतियारसहित अफगान विशेष सेनासमक्ष आत्मसमर्पण गरेका छन् ।

अफगानसेनाद्वारा जारी विज्ञप्ति बाँकी आइएस सदस्यले पनि आत्मसमर्पण गर्ने तयारी गरेको सूचना सरकारलाई प्राप्त भएको छ । उनीहरु समक्ष आत्मसमर्पण बाहेकको अर्को कुनै पनि विकल्प नभएको सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

गत हप्तामात्र पनि उक्त क्षेत्रमा केही लडाकूहरुले सुरक्षाबलसमक्ष आत्मसमर्पण गरेका थिए । सो आतंककारी समूहमा लागेका महिला तथा केही बाल सैन्य समेत गरी ६ सय भन्दा बढीले गत हप्ता आत्मसमर्पण गरेका थिए ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार १४:१४ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...