back
CTIZAN AD

ज्वालामुखी विस्फोटन, मृतक व्यक्तिका बारेमा प्रहरी अनुसन्धान

वि.सं.२०७६ मंसिर २४ मंगलवार

759 

shares

२४ मसिंर, वेलिङ्टन ।  न्यूजील्याण्ड प्रहरीले मङ्गलबार “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।

ज्वालामुखीको खतरा छ भन्दै सोमबारको प्रकोपको एक हप्ता अघि नै चेतावनी दिइए पनि त्यसलाई बेवास्ता गरेको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा प्रहरीको यस्तो भनाई सार्वजनिक भएको हो । पर्यटकका लागि निकै लोकप्रिय उत्तरी द्वीपका तटीय इलाका भ्रमण नगर्न दिइएको सुझावलाई टुर अपरेटरहरुले बेवास्ता गरे नगरेको विषयमा प्रहरीले छानबिन गर्न लागेको हो ।

प्रहरीले एक वक्तव्य जारी गरी ज्वालामुखीमा “मृत्यु र घाइतेको अवस्थाका बारेमा अनुसन्धान सुरु गरेको” जनाएको छ ।
यद्यपि, उनीहरूले फौजदारी अभियोगको अनुसन्धान गर्ने भनी यसअघि गरेको घोषणा भने फिर्ता लिएका छन् । प्रहरीले फौजदारी अभियोगमा छानबिन गर्न नचाहनुको कारण भने खुलाएको छैन ।

प्रहरीले छानबिन थाल्ने घोषणा गर्नुअघि ट्राभल अपरेटर कम्पनी ह्वाइट आइल्यान्ड टुर्सले सुरक्षात्मक सबै जिम्मेदारी पूर्ण रुपमा पालना गरेको जनाएको थियो ।अधिकारीहरूले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने अरु आठ जना बेपत्ता छन् । हराइरहेका आठ जनाको मृत्यु भएको उद्धारकर्ताहरुले अनुमान गरेका छन् ।

न्यूजील्यान्डको सबैभन्दा सक्रिय ज्वालामुखी ह्वाइट आइल्याण्डमा सोमबार दिउँसो ज्वालामुखी विस्फोट भएको थियो ।
“हामी हाम्रो सरकारी जियो साइन्स एजेन्सीको रिपोर्ट हेर्छौं । उक्त दिन ज्वालामुखीको खतराको स्तर २ रहेको मापन गरेको देखिएको छ,” अध्यक्ष पल क्विनले बताए ।

कम्पनीले पर्यटकहरुलाई ह्वाइट टापुमा सतर्कता स्तर २ मा हुँदा लैजानु नै भूल हो भन्दै क्विनले यस अवस्थामा ज्वालामुखी विस्फोट हुने खतरा मध्यमदेखि उच्च हुने गर्दछ भने ।

वि.सं.२०७६ मंसिर २४ मंगलवार १४:५२ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...