back
CTIZAN AD

चेकोस्लोभाकिया अस्पताल आक्रमण :सन्दिग्ध आक्रमणकारीद्वारा आत्महत्या

वि.सं.२०७६ मंसिर २५ बुधवार

819 

shares

२५ मसिंर, चेकोस्लोभाकिया ।  चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभास्थित अस्पतालमा आक्रमण गर्ने बन्दुकधारीले प्रयोग गरेको गाडीलाई पिछा गर्ने क्रममा सन्दिग्ध आक्रमणकारीले आत्महत्या गरेको त्यहाँको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार ‘आक्रमणकारी’ लाई प्रहरीले पिछा गरेपछि उसले आफ्नो टाउकोमा गोली हानी आत्महत्या गरेको थियो । प्रहरीले उक्त व्यक्तिको परिचय र उसको कुनै आतङ्कवादी समूहसँग सम्लग्नता थियो वा थिएन भन्ने विषयमा अनुसन्धान थालिसकेको बताएको छ ।

मङ्गलबार एक व्यक्तिले एक्कासी अस्पतालभित्र प्रवेश गरी गोली चलाउँदा कम्तीमा चार जनाको घटनास्थलमा र अन्य दुईको उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनामा अझै दुईको घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । यसअघि प्रहरीले दिएको जानकारीमा उक्त घटनामा कम्तीमा चार जनाको मृत्यु भएको उल्लेख गरिएको थियो । क्षेत्रीय प्रहरी प्रवक्ता पाभ्ला जिरोस्कोवाले भने, “आक्रमणमा चार जना घटनास्थलमा नै मारिएका थिए भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।”

क्षेत्रीय अस्पतालमा उपचारका लागि बिरामी राखिएको वार्डमा आक्रमणकारीले निशाना बनाएको थियो । यद्यपि मारिने उपचारका लागि अस्पताल पुगेका बिरामी थिए वा उनीहरूका आफन्त भन्नेबारेमा प्रहरीले गरेको छैन ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १०:२४ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...