back

मोगादिसुमा होटेलमा आक्रमण, पाँचको मृत्यु

वि.सं.२०७६ मंसिर २५ बुधवार

408 

shares
IME Limited
NTC AD

२५ मसिंर मोगादिसु ।  सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

तीन सर्वसाधारणसहित पाँच व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । लामो समयसम्म होटेलमा गरिएको कब्जापछि पाँँच आक्रमणकारी पनि मारिएका सो स्रोतले थप जानकारी दिएको छ ।

मङ्गलबार साँझको समयमा भएको यस आक्रमणको इस्लामिक समूह ‘अल शबाब’ले जिम्मा लिएको छ । राजधानी मोगादिसुमा अवस्थित सो होटल राजनीतिज्ञ, उच्चस्तरीय सैनिक अधिकारी र कुटनीतिज्ञहरु भेला हुने प्रख्यात स्थलको रुपमा रहेको बताइन्छ ।

‘हाम्रा बहादुर सुरक्षा अधिकारीहरुले ‘एसवाइएल’ होटलमा भएको यस आतङ्ककारी आक्रमणलाई अन्त्य गरे, यस अवस्थामा सरकारी अधिकारी र पाहुनालगयात ८० भन्दा बढी व्यक्ति होटेलमा रहेका थिए ’ प्रहरीद्वारा जारी एक विज्ञप्तिमा बताइएको छ ।
यस आक्रमणमा परी तीन सर्वसाधारण र दुई सुरक्षा अधिकारी मारिएको पुष्टि भएको छ । त्यसगरी नौ सर्वसाधारण र दुई सैनिक सामान्य घाइते भएका छन् ।

आक्रमणकारीहरूले प्रहरीको पोशाक लगाएर होटेलमा आएकाले उनीहरुलाई कुनै अनुसन्धान बिना नै होटेलमा प्रवेश गर्न दिइएको प्रत्यक्षदर्शीले एएफपी समाचार समितिलाई बताएको छ ।

आक्रमणकारीहरुले बन्दुक र ग्रेनेडलगायतका हतियारले आक्रमण गरेका थिए । यसअघि यसै होटल र नजिकैको स्थानमा भएका तीन भीषण आतङ्ककारी आक्रमणको पनि अल शबाव समूहले नै जिम्मा लिएको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तयिप एर्डोगानको भ्रमणको पूर्वसन्ध्यामा जनवरी २०१५ मा यसै होटलमा भएको एउटा आत्मघाती कारबम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको थियो ।

फेबु्रअरी २०१६ मा एसवाइएल होटलनजिकै पीस गार्डेनको छिमेकमा पर्ने स्गामामा भएको दुईवटा विस्फोटमा परी १६ व्यक्तिको ज्यान गएको थियो ।

सन् २०१६ को नै अगस्टमा यसै होटेलमा भएको आत्मघाती कारबम आक्रमणमा परी १५ व्यक्तिको ज्यान गएको थियो ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १४:३१ मा प्रकाशित

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर...

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै...

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन...