back
CTIZAN AD

केन्यामा सातको मृत्यु, ६३ घाइते

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

672 

shares

२७ मसिंर, मकुएनी ।  केन्यामा भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु ६३ जना घाइते भएका छन् ।

दुई वटा यात्रुबहाक बस नैरोबी—मोम्बासा राजमार्गमा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरी अधिकारीले बिहीबार जनाएका छन् ।

क्षेत्रीय प्रहरी प्रमुख जोसेफ ओले नापेइयानले दिएको जानकारीअनुसार सालामा नजिकै भएको दुर्घटनामा परेका दुवै बस मोड्रन कस्ट यातायात कम्पनीका थिए ।

त्यही कम्पनीको एउटा बस टहमिड यातायात कम्पनीको बससँग एक दिन अगाडि त्यही ठाउँमा जुधेको पनि प्रहरी अधिकारीहरूले बताएका छन् ।

स्थानीय समय अनुसार राति २ बजेतिर दुर्घटना भएको र घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको उनले बताए ।

केन्यामा सवारी दुर्घटना धेरै हुने गरेको छ भने वार्षिक तीन हजार जनाको सवारी दुर्घटनाकै कारण मृत्यु हुनेगरेको तथ्याङ्क छ ।

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १०:२५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...