back
CTIZAN AD

अज्ञात रोगका कारण धमाधम बंगुर मर्न थालेपछि पीडामा किसान

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

879 

shares

२७ मंसिर, सप्तरी । अज्ञात रोगको सङ्क्रमणले बङ्गुर धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । रुपनी गाउँपालिका–६ मा किसानले सञ्चालन गरेको बङ्गुर फार्ममा सङ्क्रमण फैलिएर बङ्गुर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

तीन दिन बितिसक्दासमेत रोगको पहिचान हुन सकेको छैन । “रोगको पहिचान हुन नसक्दा उपचार नपाएर बङ्गुर मर्ने क्रम जारी छ”, फार्म सञ्चालक कुलानन्दप्रसाद चौधरीले भने “रोगको पहिचान हुन नसक्दा उपचारसमेत गराउन पाइएको छैन ।” सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि रोकथाममा चाँसो नदिँदा फार्म नै रित्तो हुँदै गएको चौधरीले दुःखेसो गरे ।

शरीर काम्ने, तापक्रम बढ्ने, मुखबाट ¥याल बग्ने जस्ता लक्षण देखिएको एक घण्टा नबित्दै बङ्गुर मर्ने गरेका सञ्चालक चौधरीले बताए । बुधबारसम्म ५० बङ्गुर मरिसके पनि सम्बन्धित पक्ष गम्भीर नभएको उनको गुनासो छ । फार्ममा अझै १५ बङ्गुरमा सङ्क्रमण देखिएको छ । अज्ञात रोगबारे पशु स्वास्थ्य प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले समेत फार्ममै आएर जानकारी लिए पनि रोग पहिचान हुन सकेको छैन ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाका प्रमुख फुलगेन यादवले सङ्क्रमण देखिएका बङ्गुरको रगत सङ्कलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिए । परीक्षणको प्रतिवेदन आएलगत्तै ठोस उपचार गरिने जनाउँदै उनले तत्कालका लागि सङ्क्रमित क्षेत्रमा पशु स्वास्थ्य प्राविधिक टोली खटाइने बताए ।

बङ्गुर मर्ने क्रम नरोकिएपछि सो स्थानमा फार्म सञ्चालन गरेका अन्य किसानसमेत चिन्तित भएका छन् । सो स्थानमा मात्रै करोडौँ लगानी गरेर भद्रकुमारी लामा, सुबास राई, सञ्जमान तामाङ लगायतले बङ्गुर फार्म सञ्चालन गरेका छन् । पशु स्वास्थ्य सम्पर्क केन्द्रका प्रमुख सूर्यनारायण शर्माले रोग फैलिएको पुष्टि गर्दै सो बारे माथिल्लो निकायमा जानकारी गराइएको बताए । रासस

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १३:२५ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...