back
CTIZAN AD

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक बन्यो राष्ट्रियस्तरको विकास बैंक

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

1.4K 

shares

२७ मंसिर  ।  शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक राष्ट्रियस्तरको विकास बैंक भएको छ। मंसिर २६ गते देखि बैंकले राष्ट्रियस्तरको विकास बैंकका रुपमा औपचारिक कारोबार थालेको छ।

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले नेपाल राष्ट्र बैंकबाट गत मंसिर १० गते राष्ट्रियस्तरको विकास बैंकका रुपमा कारोबार गर्ने इजाजत पाएको थियो। बैंकले यसअघि गत असोज २७ गतेदेखि सिद्धार्थनगर स्थित पूर्णिमा विकास बैंक र नेपालगञ्ज स्थित भार्गव विकास बैंकलाई एक्वीजिशन गरेर एकीकृत कारोबार थालेको थियो।

यसअघि शाइनले २०७३ जेठमा प्यूठान जिल्लामा कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई गाभेको थियो। वि.स.२०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा स्थापना भएको गुल्मी जिल्ला कार्यक्षेत्र रहेको रेसुङ्गा विकास बैंक २०६९ मा मर्ज भइ १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो।

पूर्णिमा र भार्गव गाभेपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ६२ करोड, निक्षेप परिचालन २६ अर्ब ९० करोड, कर्जा लगानी २४ अर्ब १७ करोड पुगेको छ। ग्राहक संख्या ३ लाख ८० हजार, शाखा कार्यालय ७० पुगेको छ भने १ एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ। राष्ट्रियस्तरमा स्तरोन्नती भएसँगै बैंकले काठमाडौं र पोखरमा शाखा विस्तार गर्ने भएको छ ।

राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गरेसँगै बैंकले हाल कायम चुक्ता पूँजीको ४ः१ (२५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने योजना समेत अघि सारेको छ। उक्त प्रस्ताव बैंकले आगामी साधारण सभामा लग्ने जनाएको छ।

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १७:१७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...