back
CTIZAN AD

आन्दोलनप्रति समर्थन गर्दै विश्वविद्यालय कर्मचारी एकीकरण अभियानले निकाल्यो विज्ञप्ती

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

1.2K 

shares

२७ मंसिर । विश्वविद्यालय कर्मचारी एकीकरण अभियान २०७५ ले काठमाडौँ विश्वविद्यालयले यसअघि भएका सम्झौता कार्यान्वयन नभएको प्रति खेद व्यक्त गर्दै आन्दोलन प्रति समर्थन जनाएको छ ।

बिहिबार अभियानका संयोजक दीपक तिवारीद्वारा जारी विज्ञप्तीमा काठमाडौँ विश्वविद्यालय कर्मचारी संघ र प्राध्यापक संघले प्राज्ञिक सुधार, संस्थागत सुधार र आफ्ना पेशागत सुरक्षा साथै हकहितका निम्ति विभिन्न मागहरु राखि लामो समयदेखि गर्दै आएको आन्दोलनप्रति जोडदार समर्थन गरिएको हो ।

आन्दोलनकर्ता संघहरु र विश्वविद्यालय व्यवस्थापन बीच सम्झौता भई २०७६ भाद्र ३० गतेदेखि सम्झौता कार्यान्वयन गर्ने गरी आन्दोलन टुंगिए पनि सम्झौता कार्यान्वयन गर्ने पक्षमा काठमाडौँ विश्वविद्यालय व्यवस्थापन पक्षले छलकपट र षड्यन्त्र गरेको अभियानको ठहर छ ।

व्यवस्थापन पक्षले माग पुरा गर्नुको सट्टा कर्मचारी तथा प्राध्यापकहरुलाई धम्क्याउने, प्रशासनमा ल्याएर तर्साउने तथा आतंकित पार्ने काम गरेको भन्दै तत्काल समस्याको समाधान खोज्न आग्रह गरिएको छ ।अन्यथा उत्पन्न परिस्थितिप्रतिको जिम्मेवार काठमाडौँ विश्वविद्यालय व्यवस्थापनपक्ष नै हुने उल्लेख छ ।

साथै त्रिभुवन विश्वविद्यालयले हालै प्रकाशित गरेको कर्मचारी खुल्ला र आन्तरिक तथा बढुवा विज्ञापनमा नमिलेको छुटेका विभिन्न पदहरु समेटी त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसारको श्रेणीविहिन कर्मचारी र ड्राइभर पदको विज्ञापन प्रकाशित नभएको हुँदा यथाशीघ्र ती पदहरुको विज्ञापन गर्न पनि जोडदार माग गरिएको छ । विज्ञप्तीमा हाल त्रिवि कर्मचारी संघको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति विशेष समर्थन गर्दै आन्दोलनलाई उच्च हिसाबले शसक्त बढाउन आह्वान गरिएको छ ।

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १७:५७ मा प्रकाशित

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...