back
CTIZAN AD

शयनकक्षदेखि शौचालयसम्मको अभाव झेल्दै कैदीबन्दी

वि.सं.२०७६ मंसिर ३० सोमवार

819 

shares

३० मसिंर, स्याङजा । जिल्ला कारागारमा रहेका कैदीबन्दीले शौचालयका साथै खानेपानीको समस्या भएको बताएका छन् ।

कारागारमा क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले शौचालयदेखि खानेपानीका साथै सुत्नसमेत समस्या भएको कारागारका प्रमुख चुडामणि भण्डारीले बताए । पचास जनाको क्षमता भएको कारागारमा हाल १५७ कैदीबन्दी राखिएको छ ।

कारागारमा कैदी जीवन बिताइरहेका दुर्गाप्रसाद चापागाईंले पानीको समस्याले गर्दा सरसफाइमा समेत समस्या परेको बताए । उनले भने, “यहाँ यति धेरै कैदीबन्दी छौँ, तर शौचालय जाँदा लाइन लगाएर बस्नुपर्ने बाध्यताले गर्दा निकै समस्या भएको छ ।” शौचालय जानका लागि एक घण्टासम्म पालो कुर्नुपर्ने हुन्छ ।

अर्का कैदीबन्दी दिनेश गुरुङले भने, “कारागारमा आफूहरुले धेरै समस्या भोग्दै आएका छौँ, पानी र शौचालयका साथै सुत्ने ठाउँको अभावले गर्दा पालैपालो सुत्नुपर्ने अवस्था छ ।”

कारागार प्रमुख भण्डारीले कारागारको साँघुरो संरचना र कैदीको सङ्ख्या बढी भएकाले विभिन्न प्रकारका समस्या आउने गरेका र आफूले कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताए ।

उनले कैदीबन्दी बिरामी हुँदासमेत सवारीसाधनको अभावमा समयमै उपचारका लागि लैजान समस्या हुने गरेको बताए । कारागारमा रहेका कैदीबन्दीले बेलाबेलामा अनुगमनका लागि भनेर धेरै मानिस आउने गरे पनि आफूहरुको समस्याको समाधान नभएको गुनासो गरेका छन् ।

कारागारमा ३५ पुरुष र १० महिला गरी ५० को क्षमता भए पनि हाल ११ महिला र १४६ पुरुष गरी १५७ कैदीबन्दी रहेका छन् ।

वि.सं.२०७६ मंसिर ३० सोमवार १४:४९ मा प्रकाशित

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...