back
CTIZAN AD

लागुऔषधसहित दुई पक्राउ

वि.सं.२०७६ मंसिर ३० सोमवार

708 

shares

३० मसिंर, पाल्पा । पाल्पाको झुम्सामा लागुऔषधसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

तिनाउ गाउँपालिका–३ दोभान झुम्सामा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको ग१८प ८९ नंको मोटरसाइकल रोकेर आज सोमबार जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डमा पाल्पातर्फ आउँदै गरेका स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका–५ घर भएका पोखरा महानगरपालिका १७ बस्ने २२ वर्षीय विशाल नेपाली र सोही मोटरसाइकलमा सवार कास्कीको मादी गाउँपालिका-९ वस्ने ३१ वर्षीय किरण गुरुङको शरीरमा खानतलासी गर्दा ६८ डाइजेपाम, ६८ नुफिन, ६८ फेनेरागन दुई एम एल को सिसी, नगद रु १५ हजार र नेपालीका साथबाट ग१८प ८९ नंको मोटरसाइकलको सवारी दर्ता किताब तथा रु एक हजार एक सय बरामद गरिएको प्रहरीले जनाएको छ ।

नेपाली र गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । दोभान प्रहरी चौकीका प्रमुख बलबहादुर घर्तीको नेतृत्वमा जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

वि.सं.२०७६ मंसिर ३० सोमवार १४:४० मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...