back
CTIZAN AD

दुई पुरुष मानव कङ्काल फेला

वि.सं.२०७६ पुस १ मंगलवार

687 

shares

१ पुस, पाँचथर । पाँचथरमा छुट्टाछुट्टै स्थानमा दुई मानव कङ्काल फेला परेका छन् । प्रहरीका अनुसार दुवै मावन कङ्काल पुरुषका भएको पाइएको छ । फेला परेका कङ्कालमध्ये एउटाको पहिचान खुलेको छ भने एउटाको खुल्न बाँकी छ ।

प्रहरीका अनुसार जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको खोल्सीमा गत आइतबार स्थानीयवासीले मानव कङ्काल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अनुसन्धानबाट उक्त कङ्काल फिदिम नगरपालिका वडा नं ८ का ५२ वर्षीय हर्कबहादुर सुनुवारको रहेको पुष्टि भएको छ । सुनुवार गत असार तेस्रो सातादेखि बेपत्ता रहेका परिवारजनले प्रहरीलाई बताएका छन् ।

यस्तै आइतबार नै फिदिम नगरपालिका वडा नं १४ लुङरुपामा अर्को मानव कङ्काल फेला परेको छ । उक्त मानव कङ्काल पुरुष व्यक्तिको रहेको कपडा तथा कङ्कालसँगै रहेका अन्य सामग्रीका आधारमा पहिचान भए पनि कसको हो भन्ने पत्ता लाग्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए । उक्त मानव कङ्काल झण्डै छ महिनाअघिबाट सडेको अनुमान गरिएको प्रहरी निरीक्षक अर्यालले बताए ।रासस

वि.सं.२०७६ पुस १ मंगलवार १०:५७ मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...