back

दुई पुरुष मानव कङ्काल फेला

वि.सं.२०७६ पुस १ मंगलवार

465 

shares
IME Limited
NTC AD

१ पुस, पाँचथर । पाँचथरमा छुट्टाछुट्टै स्थानमा दुई मानव कङ्काल फेला परेका छन् । प्रहरीका अनुसार दुवै मावन कङ्काल पुरुषका भएको पाइएको छ । फेला परेका कङ्कालमध्ये एउटाको पहिचान खुलेको छ भने एउटाको खुल्न बाँकी छ ।

प्रहरीका अनुसार जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको खोल्सीमा गत आइतबार स्थानीयवासीले मानव कङ्काल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अनुसन्धानबाट उक्त कङ्काल फिदिम नगरपालिका वडा नं ८ का ५२ वर्षीय हर्कबहादुर सुनुवारको रहेको पुष्टि भएको छ । सुनुवार गत असार तेस्रो सातादेखि बेपत्ता रहेका परिवारजनले प्रहरीलाई बताएका छन् ।

यस्तै आइतबार नै फिदिम नगरपालिका वडा नं १४ लुङरुपामा अर्को मानव कङ्काल फेला परेको छ । उक्त मानव कङ्काल पुरुष व्यक्तिको रहेको कपडा तथा कङ्कालसँगै रहेका अन्य सामग्रीका आधारमा पहिचान भए पनि कसको हो भन्ने पत्ता लाग्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए । उक्त मानव कङ्काल झण्डै छ महिनाअघिबाट सडेको अनुमान गरिएको प्रहरी निरीक्षक अर्यालले बताए ।रासस

वि.सं.२०७६ पुस १ मंगलवार १०:५७ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा श्रेष्ठ पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा श्रेष्ठ पक्राउ

मोरङ । जबरजस्ती करणी गरेको अभियोगमा एक यूवा पक्राउ परेका...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

विदेशी ऋणबाट खानेपानी आयोजना नबानाउने धरानका नगर प्रमुखको घोषणा

विदेशी ऋणबाट खानेपानी आयोजना नबानाउने धरानका नगर प्रमुखको घोषणा

काठमाडौँ । धरान उपमहानगरपालिकाले एशियली विकास बैंक (एडिबि) को ऋण...

मोटरसाइकल एकापसमा ठक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

मोटरसाइकल एकापसमा ठक्किदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते

इटहरी (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल...

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको...